विश्वभरि फैलिदै गएको ‘कोभिट नाइन्टीन’ नामक रोगको कारण अमेरिकी नेपाली समुदायमा हुदै आएको सबैभन्द ठुलो कार्यक्रम ल्होसार ल्हाप्सो स्थागित गरेको छ । ल्हाप्सो शेर्पा किदुगले हरेक बर्ष ल्होसारको अवसरमा न्युयोर्क बाहिर आयोजना गदै आएको यो वृहत कार्यक्रम हो ।
‘२१४७ च्याक फो चिल्हो’ ल्होसारको अवसर पारेर यस पटक आगामी मार्च २९ तारिख ल्हाप्सोको मिति तय गरेको थियो । न्युयोर्कमा गर्भनर कुमोले संकटकाल घोषणासंगै शेर्पा किदुग र ल्हाप्सो आयोजक समितिको आइतबार बसेको संयुक्त बैठकले ल्हाप्सो कार्यक्रम स्थागित गरेको छ । यसको साथै किदुगले बाषिर्क कार्यक्रमको रुपमा न्युयोर्कमा शहरमा आयोजना गदै आएको ल्होसार पाटी समेत स्थागित गरेको छ ।
शेर्पा किदुगको दुई दशक भन्द लामो इतिहासमा ल्होसार पाटी र ल्हाप्सो कार्यक्रम स्थागित गरेको यो पहिलो घटना हो । दुबै कार्यक्रम स्थागित गरेपनि टिकट लिनेहरुलाई किदुगको अध्यक्ष उर्गेन शेर्पाले टिकट आफनो साथमा सुरक्षित राख्न आग्रह गरेको छ ।