२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

प्रधानमन्त्रीलाई मिर्गौला दिने सङ्ग्रौला डिस्चार्ज



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला दान गरेकी समीक्षा सङ्ग्रौला अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी प्रधानमन्त्री ओलीको नाताले भाञ्जी पर्छिन् ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा भने सुधारको क्रम भने जारी रहेको बताइएको छ । उनलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिए पनि चिकित्सकले अन्य व्यक्तिलाई भेट्न नदिएका कारण सल्लाहकार र चिकित्सक टोलीसँग उनको स्वास्थ्यबारे जानकारी लिएर घर फर्केका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले बुधबार आफैँ आफ्नो दाह्री काटेको बताएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको पनि उनले उल्लेख गरे । यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ६ : २७ बजे