२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

प्रधानमन्त्री १२ दिन पछि आज डिस्चार्ज



काठमाडौँ— मिर्गौला प्रत्यारोपणका लागि १२ दिनको अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको छ ।

शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ डिस्चार्ज भएका हुन् ।

उनी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रधानमन्त्री ओलीका महत्वपूर्ण अंगका परिसूचक र परीक्षणहरु राम्रो अवस्थामा रहेका छन्।

फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार दोस्रो पटकमिर्गौला प्रत्यारोपण गरिएको थियो। उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।

प्रकाशित मिति : ३० फाल्गुन २०७६, शुक्रबार  ८ : ५३ बजे