अमेरिकाको न्युयोर्कमा बसोबास गरिरहेका तोक्पेगोला ( ढोक्प्या) समुदायले २१४७ औं चिवा लोसार विशेष कार्यक्रमको साथ मनाएका छन । ‘आफनो भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’ भन्ने नारासहित ढोक्प्या किदुक उत्तर अमेरिका न्युयोर्कले ल्होसार कार्यक्रमको आयोजना गरिएको थियो । ढोप्य किदुग काठमाडौस्थित तोक्पेगोला समाज सेवा समितिको प्रवास शाखाको रुपमा रहेको सस्था हो ।
किदुगको अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा आयोजित कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ अमेरिका -फिप्ना) का अध्यक्ष लोक चेम्जोङको प्रमुख अतिथित्यमा भएको थिए । ढोक्प्या समुदायका औतरी लामा लोब्साङ खेटुक र लामा कासाङ छोम्वेले संयुक्त रुपमा वौद्घ धर्म परम्परा अनुसार पुजापाठसंगै फिफनाको अध्यक्ष चेम्जोङले पानसमा बत्ति बालेर दियो कार्यक्रमको शुभरम्भ गरेका थिए । किदुकका उपाध्यक्ष ङमिा ढोमा ढोक्प्याले स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा ढोक्प्या समुदायको परम्परागत लोक नृत्य सेबरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रम ढोप्य किदुकका सचिव ग्याल्जेन ढोक्प्याले सञ्चालन गरेका थिए । कार्यक्रममा किदुकका सल्लाहकार डण्डु ढोक्प्याले नेपालमा आदिवासी जनजातिहरुले पहिचानको मुद्दालाई निरन्तर उठान गरिरहेको र प्रदेशहरुको नामाकरण पहिचानको आधारमा हुनुपर्ने र प्रदेशभित्र अल्पसंख्याक आदिवासी जनजातिहरुको स्वशासन सहितको स्वयत्त क्षेत्रहरु हुनुपर्ने मागलाई निरन्तर उठान गरिरहेको बताए ।
प्रवासमा रहेका आदिवासी जनजाति लगायत आम नेपाली समुदायले पुस्तौ पुस्तासम्म आˆनो पहिचान कायम राख्न आˆनो भाषा, धर्म, संस्कृति र परम्परालाई नयाा पुस्तामा हस्तान्तरण गर्नुपर्ने दण्डुपले बताए । कार्यक्रमका फिफनाका अध्यक्ष चेम्जोङले नेपालको संघीय प्रणाली पहिचानको आधारमा हुनुपर्ने र नेपालको सामाजिक, भाषिक, संस्कृतिक र समुदायगत विविधता अनुसारको राज्य संरचना, संविधान र ऐन कानुन निर्माण हुनुपर्ने बताए ।उनले वर्तमान सरकार आदिवासी जनजातिहरुको आवाज सुन्नै नचाहाने र देशको सुन्दर विविधतालाई तहसनहस पार्न अग्रसर भइरहेको आरोप लगाए । अधिकारका लागि आदिवासी जनजातिहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।