२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

नेजाको अधिबेसन तत्काललाई स्थागित


Ang

३ चैत्र २०७६, सोमबार  

0
Shares

प्रेश स्वतन्त्रता दिवसको अवसर पारेर न्युयोर्कमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ ( नेजा) को सातौ अधिवेशन तथा १४ औं बाषिर्क साधारण सभा कोरोनो भाइरसको कारण केही समयको लागी स्थागित भएको छ । नेजाको सल्लाहकार र कार्यसमिति सहितको आइतबार बसेको कन्फे्रन्स कल बैठकले कोरोना प्रकोप नियन्त्रणमा नआएसम्म र सरकारले सभा सम्मेलनको स्वीकृति प्रदान नगरेसम्मको लागी स्थागित गरेको विज्ञाप्ती मार्फत जानकारी दिएको छ ।

अधिबेसन र साधारण यही मे महिनाको २ र ३ तारिक न्यूयोर्कमा गर्ने गरि सबै तयारीहरु तीब्र रुपमा अघि बढिरहेको थियो । कोरोनाको कारण अमेरिकामा सरकारले संकटकाल घोषणा गरि न्युयोर्कको सवै विद्यालय र कलेजहरु समेत रोग नियन्त्रणमा नआउन्जेलसम्मको लागी बन्द गरिसकेको छ । अधिबेसन परिस्थिति अनुकुल भएको वितिकै गर्ने गरि निर्णय गरेको छ । नेजाले यो प्रतिकुल परिस्थितिमा अधिबेसन स्थागित गरेपनि नया सदस्यता दरखास्त दिने म्याद मार्चको १५ तारिख साझदेखिनै बन्द गरेको सदस्यता नवीकरणको म्याद भने मार्च ३१ तारिखसम्म राखिएको जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ९ : १२ बजे