९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

२५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन, एसईई पनि स्थगित



काठमाडौँ — सरकारले अत्यावश्यक काममा बाहेक आवतजावत र हिँडडुल नगर्न नागरिकलाई आग्रह गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सांस्कृतिक, सामाजिक कार्यक्रममा २५ जनाभन्दा बढी भेला नहुन पनि आग्रह गरेको छ ।

विभिन्न सांस्कृतिक तथा सामाजिक काम, पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढी भेलामा रोक लगाउने पनि सरकारले निर्णय गरेको छ।

यसको अनुगमन गृह मन्त्रालय र संस्कृति एवम् पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्ने पनि समितिको निर्णयमा उल्लेछ। साथै यससम्बन्धमा प्रदेश र स्थानीय सरकारलाई पनि अनुगमन गर्न संघीय सरकारले निर्णय गरेको छ।

एसईई स्थगित

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चैत ६ गतेदेखि सुरु हुने एसईई परीक्षा हालका लागि स्थगित गरिएको बताए। यसअघि सरकारले प्रत्येक एसईई केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क राखेर परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहिबार  १० : ५० बजे