९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

न्युयोर्कमा घरधनीलाई ९० दिनको राहत


Ang

७ चैत्र २०७६, शुक्रबार  

0
Shares

न्युयोर्क– न्युयोर्क राज्यको गर्भनर कुमोले आर्थिक रुपमा कठिनाई हुने घरधनिलाई ९० दिनसम्मको लागी घरको मोर्गेजमा राहत दिएको घोषणा गरेको छ । गर्भनर कुमोले न्युर्योकको घरधनी जसले यो अवस्थामा आर्थिक कठिनाइ भोग्नु परेको छ उनीहरुको राहतको लागि यो घोषणा गरेको जनाएको छ ।

‘उनीहरुको लागी यो साच्चीकै जीवनको फाइदा हुन सक्छ,’ गर्भनर कुमोले भने, ‘घरको मोर्गेज तिर्नेहरु जसको काम गुमेर र काम गर्न नपाएर आर्थिक रुपमा निकै तनाव भोग्नु परेको छ उनीहरुको लागि सरकारले यो निर्णय गरेको हो ।’

कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सबै स्कुल, कलेज लगायत व्यवसायहरु बन्द भएर न्युयोर्कको जनजीवन अस्तव्यस्त भएको छ ।

यो स्थिति बढ्दै गएमा ३ महिनासम्मको लागि न्युयोर्कबासीको मोर्गेजमा राहत हुने गर्भनर कुमोले बताए । उनका अनुसार यो निर्णयसगै बैकको क्रेडिट कार्डको तिर्नुपर्ने रकमहरु समयमा तिर्न नसके पनि बैकले जरिवाना नलाग्ने भएको छ । घरधनीलाई यो राहत दिए पनि भाडामा बस्नेहरुका लागि जनप्रतिनिधिहरुले गर्भनर कुमो समक्ष भाडा मिनाहका लागि अनलाइनबाट पिटिसन फारम भराइहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ४ : ३८ बजे