कोरानाले अमेरिकाभरिमा २१०, न्युयोर्कमा ३५ को मृत्यु

२०७६ चैत्र ८, शनिबार ०४:५६

न्युयोर्कमा कोरोनाको संक्रमण बडन थालेपछि यही मार्च २२ आइतबारदेखि न्युयोर्क राज्यको सबै ब्यवसाय, कम्पनिहरु बन्द गर्न लागेको गर्भनर एन्ड्रीयु कुमोले जानकारी दिएको छ । सबैकेा सुरक्षाको लागी १० वुदे निति सहित न्युयोर्क राज्य बन्द गर्न लागेको गर्भनर कुमोले सुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । गर्भनर कुमोले आइतबार वेलुकी ८ बजेदेखि अस्थायी रुपमा बन्द हुने र सबै सामाजिक कार्यक्रमहरु स्थागित गर्न निर्देशन दिएको छ ।

उनका अनुसार न्युयोर्कमा मात्र ७ हजार १ सय जना कोरोना संक्रमण भएकोमा ३५ जनाको मृत्यु भएको छ । त्यस्तै अमेरिकाभरि १५ हजार ४ सय जना संक्रमित भएकोमा सुक्रबारसम्ममा २१० जनाको मृत्यु भएको छ । जोन हप्सकिनले दिएको तथ्याङक अनुसार विश्वभरिमा २ लाख ४५ हजार ४ सय संक्रमित भएकोमा १० हजार ३१ जनाको मृत्यु भएको छ भने ८६ हजार ३५ जना निको भएका छन ।

सम्बन्धित समाचार