अमेरिकाको न्युयोर्कस्थित ज्याक्सन हाइटमा नेपाल र नेपालीलाई माया गर्ने डाक्टरका रुपमा परिचित डा. फिर्दोस खण्डाकार एम.डी.ले नेपाली लगायत अन्य अन्य समुदायलाई राहत सामग्री वितरण गरेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगाउन उनले चेतनामूलक पर्चा पम्प्लेट नेपाली भाषामा छापी त्यहा रहेका नेपालीहरुलाई वितरणसमेत गरेका छन । उनी दक्षिण एसियाली समुदाय माझ लोकप्रिय चिकित्सकको रुपमा चिनिएको छ ।
ज्याक्सनहाइटमा लामो समयदेखिन आफनै क्लिनिकबाट स्वस्थ्य सेवा दिदै आएका डा. खण्डाकारले शनिबार कोरोना भाइरसको महामारीबाट कसरी बच्ने भन्ने तरिकासमेत सिकाएका थिए । राहत लिन उनको कार्यालय सामुन्ने आइपुगेका नेपाली लगायत अन्य समुदायहरुलाई डा खण्डाकारले मुखमा लगाउने मास्क, हातमा लगाउने पञ्जा, स्यानिटाइजर, विभिन्न खानेकुराहरु वितरण गरेका थिए । उनले आफनै क्लिनिकिबाट नेपाली समुदायसंगै बंगलादेशी तथा अन्य समुदायलाई यस किसिमको राहत सामाग्री वितरणसंगै चेतनामूलक सन्देश दिदै आएका छन । बंगालीमुलको चिकित्सक डा फिरर्दोजले नेपालीहरुको हितमा नेपाली भाषामा बनाएका जानकारीमुलक सामाग्री सबैतिर वितरण गरेका थिए ।