९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

कोरोना विरुद्ध लडन राष्ट्रिय सुरक्षा परिचालन


Ang

११ चैत्र २०७६, मंगलबार  

0
Shares

न्यूयोर्कमा कोरोना भाइरसका संक्रमण दिनहु बडन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकोप विरुद्ध लड्न राष्ट्रिय सुरक्षा परिचालन गने घोषणा गरेको छ । कोरोना प्रभावित राज्यहरु न्यूयोर्क, क्यालिफोर्निया र वासिङंटन राज्यका लागि राष्ट्रिय सुरक्षा लागु गर्न लागेको ह्वाइटहाउसले जनाएको छ । न्यूयोर्कका गर्भनर एन्ड्रयु कुमोले कोरोना भाइरससंग लड्नको लागि संघीय सरकारलाई सहयोग गर्न अनुरोध गरेको थियो । कुमोले न्यूयोर्क सिटी, लङआइल्याण्ड सिटि र वेष्टचेस्टरमा अस्थायी अस्पताल निर्माण गर्नका लागि सैनिक इन्जिनियरहरु पठाउनको लागि औपचारिक रुपमा सहयोगको अनुरोध गरेको हो । न्यूयोर्कको ज्याभिट्स सम्मेलन केन्द्र, लङआइल्याण्डको सुनी स्टोनी ब्रुक वेष्टबेरीमा र वेष्चेष्टर सम्मेलन केन्द्रमा अस्पताल निर्माण गरिने बताए । अमेरिकामा अहिलेसम्म न्यूयोर्क सिटी सबैभदा बढी संकमित पाइएको शहर भएको छ ।

गर्भनर कुमोले कोराना संक्रमण हुन नदिनका लागि नागरिकले दुरी कायम नगरेकामा नागरिकहरुप्रति आक्रोस पोखेका छन् । आइतबार नियमित पत्रकार सम्मेलन गरी सबैको लागि सुरक्षा महत्वपूर्ण भएको बताउदै आक्राश पोखेका हुन् । सबै नागरिक सुरक्षित भए मात्रै हामी सबै सुरक्षित हुने भन्दै गर्भनर कुमोले न्युयोर्क राज्यका सबै ब्यवसाय, कम्पनीहरु बन्द गर्न आदेश दिएको दोहोर्याएका छन् । गर्भनर कुमोले सबै नागरिकको सुरक्षाको लागि १० बुदे नीतिसहित आइतबार वेलुकी ८ बजेदेखि लागु हुने गरी अत्यावश्यक सेवाका बाहेक सबै कम्पनीहरु बन्द गर्न आदेश दिएका थिए । न्युयोर्क राज्य बन्द आदेशसंगै सुरक्षा, अस्पताल, क्लिनिक, मेडिकल, ग्रोशरी स्टोर, पानी, टेलिफोन लगायत अत्यावश्यक सेवाहरु भने नियमित सुचारु भइरहेका छन् ।

न्यूयोर्कमा कोरोनाको संक्रमण ह्वात्तै बढे पनि ह्वाइट हाउसले उपयुक्त कदम नचालेको भन्दै न्यूयोर्कका मेयर विल दि ब्लाजिओले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेका छन् । अस्पतालमा चाहिने अत्यावश्यक सामाग्री, भेन्टिलेटर, सर्जिकल मास्क लगायतका सामाग्रीको अभाव भएको भन्दै मेयर ब्लाजिओले १० दिन भित्रमा अस्पतालमा आवश्यक भेन्टिलेटर नपाएमा सामान्य बिरामी नागरिकको समेत मृत्यु हुन सक्ने चेतावनी दिएका छन् । न्यूयोर्कलाई बेवास्ता गरेमा अवस्था झनै नाजुक हुने बताउदै मेयर ब्लाजिओले सार्वजनिक स्वास्थ्य संकट समाधानको लागि सेना परिचालन गरिनु पर्ने बताए । राष्ट्रपति ट्रम्प न्यूर्योककै भएर पनि यो संकटमा कुनै सहयोग नगरेको आरोप लगाएका छन् ।

अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५सय १२ पुगेको छ । न्यूयोर्कमा मात्रै २सय१३ को मृत्यु भएको छ भने संक्रमितको संख्या २० हजार ८ सय ७५ जना पुगेको छ भने जेलमा रहेका ३८ जनामा पनि कोरानाको संक्रमण देखिएको छ । सबैभन्दा पहिले कोरोना देखेको वासिंटनमा ९५ जनाको ज्यान गएको छ भने क्यालिफोर्नियामा ३५ जना, न्यूजर्सीमा २२ जना, र ल्युजियानामा २० जनाको मृत्यु भएको छ ।

अमेरिकाभरि ३४ हजार ६ सय ७१ जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन र युएस सेन्टर फर डिजिज कन्ट्रोलले जानकारी दिएको छ । अमेरिकामा जम्मा १ सय ७५ जना निको भएको सिडिसीले जनाएको छ । यसैबीच, कोरोनाको संक्रमण बढेपछि न्यूयोर्कसहित न्युजर्सी, क्यालिफोर्निया र ओरिगनमा सबै नागरिकलाई घरमै बस्न आदेश दिएको छ ।
जोन हप्सकिन विश्वविद्यालयले दिएको तथ्याङक अनुसार विश्वभरिमा ३ लाख ३५ हजार जना संक्रमित भएकोमा १४ हजार ६ सय ४१ जनाको ज्यान गइसकेको छ भने ९१ हजार बिरामी निको भएका छन ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १ : ०७ बजे