दोलखामा लकडाउनलाई पालना गराउन नेपाली सेना, शसस्त्र, प्रहरी र जनपदको सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
लकडाउन गरिएको पहिलो दिन जवरजस्ती सवारी चलाउने केहीलाई सवारी नियन्त्रणमा लिइ सम्झाइ बुझाइ गरिएको थियो । त्यसपछि दोलखालीले लकडाउनलाई पूर्णतः पालना गरिरहेका छन् ।
कोभिड- १९ भाइरस संक्रमणको खतरालाई ध्यान दिदै सरकारले लकडाउनको अपिल गरेको पहिलो दिन विहानैदेखि चरिकोट बजार लकडाउन भएको थियो । दोस्रो दिन पनि लकडाउनका कदर गर्दै नागरिकहरु सुरक्षितपूर्वक घरघरमा वसिरहेका छन् ।
दोलखाको मुख्य चोक सातदोवाटोमा अति जरुरी कामले निस्कनेवाहेक अन्य कोही देखिदैनन् । हरेक विहानदेखि साँझसम्म भीड हुने उक्त चोकको सम्पूर्ण होटल र पसलहरु बन्द छन् । मुख्य बजार र चोकहरुमा पनि मानिसको उपस्थिति छैन् । चरिकोट बजारमा शसस्त्र प्रहरीले चोकचोकमा वसेर घरवाहिर ननिस्कन अपिल गरेको प्लेकार्ड बोकेर वसेका थिए । जनपद र नेपाली सेना पनि गस्ती गरिरहेका छन् ।
चरिकोट बजारा साथै मुख्य बजारहरु जिरी, दोलखा, सिंगटी र मैनापोखरी पनि पूर्णत बन्द छन् । दोलखाको जिल्लाको सबैभन्दा ठूलो चरिकोट अस्पतालमा आकस्मिकवाहेक अन्य सेवाहरु वन्द गरिएका छन् । आकस्मिक सेवाका लागि आउनेहरुलाई मुख्य ढोकामा राखिएको सावुनपानीले हात धुएपछि नन कन्ट्याक्ट थर्मोमिटरले जाँच गरेपछि अस्पतालमा पस्ने व्यवस्था मिलाइएको छ ।
उक्त अस्पतालले सञ्चालन गर्नेगरी आठ शैयाको आइसोलेसन वार्ड वनाइएको छ । दोलखास्थित गौरीशंकर अस्पतालमा पाँच, च्छोरोल्पा अस्पतालमा पाँच र सामुदायिक अस्पतालमा दुई वटा आइसोलेस वार्ड बनाइएको छ ।
दोलखामा रहेका दुई नगर र सात वटा गाउँपालिकाले पनि क्वारेन्टाइनहरु निर्माण गरेर सुरक्षित रहने व्यवस्था मिलाइरहेका छन् ।