कोभिड १९ चुनौति र सम्भावना

२०७६ चैत्र १६, आईतवार ०१:३०

इन्दिरा चोङबाङ

अमेरिका जस्तो शक्तिशालि राष्ट्रमा छौ भनेर गर्ब गर्ने हामी अहिले भने राष्ट्रपति ट्रमको बेवास्थाको कारण कोरानाबाट जीवन बचाउनु हम्मे हम्मे परेको छ। शुरूवाति दिनदेखि नै सम्पूर्ण स्रोत साधन प्रयोग गरेर बाहिरी आवतजावतमा रोक लगाएको भए आज सायद यतिधरै सख्यामा संक्रमण हुने थिएन र संक्रमितहरूले ज्यान गुमाउनु पर्ने थिएन । हालमा कोभिड १९ को ईपिसेन्टर न्यूयोर्क देखिएको छ । न्यूयोर्क जस्तो अति सुगम ठाउमा पनि संक्रमितहरूले सही उपचार पाउन सकिरहेका छैनन् । बिरामी राख्ने पर्याप्त ठाउ नहुनु, आबश्यक मात्रामा भेन्टिलेटरको ब्यवस्था हुन नसक्नुले अमेरिकाको बास्तबिकता बिश्वसामु उदाङ्गो भएको अवस्थामा पनि राट्रपति ट्रम भने हरेक कुरालाई धज्जी उडाएर सर्बसाधारणको जीवनसाग खेलबाड गरिरहेका देखिन्छ ।
यस बिसम परिस्थितिबाट गुजि्ररहादा म मात्र यसको प्रभाबबाट टाढा हुन सक्दिन न त यो सम्भव नै छ । न्यूयोर्क जस्तो ब्यस्त शहरमा हरेकदिन ट्रेनबाट काममा आवत जावत गर्नुपर्ने अवस्थाले यहाा मेरो मात्र होईन सम्पूर्ण न्यूयोर्कबासीको जीवन खतरापूर्ण छ । जब पहिलोपल्ट कोरोनाको संक्रमण न्यूयोर्कमा देखियो त्यही समयदेखि घरबाटै काम गर्नको लागि श्रीमानको आग्रह शुरू भयो । हामीसग दुईजना ससाना छोराहरू भएकै कारणले श्रीमानको दबाब बढ्दै गयो । मेरो परिस्थितिलाई रोजगारदाता कम्पनिसंग कुरा गरेर घरबाटै काम गर्ने बातावरण मिल्थ्यो होला तर मेरो मनले मानेन । आफू घरबाट काम गर्ने अनि सुरक्षित रहने तर आफुसंगै कामगर्ने मेरा सहकर्मीहरू चााहि जोखिम मोलेर काम जाने यस्तो स्वार्थी म कसरी बन्न सक्छु भन्नेमात्र दिमागमा आईरहृयो । त्यसैले सेल्फ प्रोटेक्शन अपनाउदै शुरूको दिनमा अफिस गइरहे । तर जब न्यूयोर्कमा अरू खतरा बढ्दै गयो मेरो श्रीमान धेरै नै चिन्तित भएपछि अर्को दिन घरबाटै काम गर्नको लागि ल्यापटप लिन अफिस गए । सबै सहकर्मि तथा ब्यबस्थापनसककग छलफल पछि केही समय घरबाटै काम गर्ने निर्णय भयो ।

घरबाटै भए पनि काम त काम नै हो । घरमा छु भनेर आˆनो दायित्य कम नै लिन्छु भन्ने पनि भएन । सानो रूममा ढोका बन्द गरेर बसे पनि मेरो छोराहरू ममि घरमै छन् भन्ने थाहा पाएर घरिघरि ढोका ढकढकाउने रूने कराउने गरेपछि मलाई मानसिकरूपमा एकदम गाह्रो भयो ।आफनो काम घरबाट गर्ने वातावरण बनाउन मुश्किल भएपछि एकमनमा फेरि अफिस नै जाउ जाउ जस्तो लाग्यो । यही दुबिधा र छटपटि बढीरहेको समयमा मनमिल्ने एक मित्रसंग सम्बाद भयो । जेजस्तो परिस्थिति भएपनि केहीदिन बाहिर नजानु भन्ने सल्लाह पछि मनमनै परिस्थितिसंग लड्दै अघि बड्ने निर्णय गरे ।
अफिसको काम, घरको काम अनि साथमा दुईजना ससाना छोराहरूको हेरचाहले थकित भएर कहिलेकाहि निराशाले छोला कि भनेर डराउथे । समयसंग लड्दै जादा यिनै कठिनाईहरू नै जीवनमा नया कला सिक्ने अवसर बन्दै गयो र यसरी नै जटिल समयलाई कसरी ब्यबस्थापन गर्ने भन्ने सीपको प्रयोग गर्दै अघि बढीरहेकी छु ।
मेरो ब्यक्तिगत जीवनमा जसरी यी दुईहप्ताको समयले अनेकन उतारचडाब ल्याएको छ त्यसैगरि बिश्वभर उस्तै प्रभाब परेको छ । कैयन् वर्किङ ममहरू मेरो जस्तै समस्या र तनाबमा जीवन बिताइरहेका छन् । यी सम्पूर्ण चुनौति भोग्दाभोग्दै हरेकको जीवनमा कुनै न कुनै नयाा तरहले केही महत्वपूर्ण आयामहरू थपिरहेको हन्छ । सबैलाई स्वास्थ्य र सफा रहन कतिको महत्वपूर्ण छ भन्ने पाठ सिकाएको छ । हरेक घण्टामा आउने अपडेटेट समाचारहरूले प्रत्येक जनमानसमा त्रास फैलिएको छ । यिनै कठिनाईहरू हामी एकअर्कासाग फोनमा या म्यासेजबाट साटीरहेका हुन्छौ यसबाट पनि आफन्त र साथीभाईको महत्व कतिको हुदोरहेछ भन्ने महशुस यस क्षणले दिलाएको छ।

यो बिसम चुनौतिलाई खालि भय र त्रास भित्र बाट मात्र हेर्यो भने मानसिक रोगी भईएला तर यिनै समयलाई हामीले सहि तवरले प्रयोग गर्र्यौ भने यसमा धेरै सम्भावानाहरू पनि लुकेका छन् । मेरो ब्यक्तिगत जीवनमा म हरेक दिन अफिस जानआउन, तयारी हुन र आएपछि एकछिन आराम गर्ने समय कम्तिमा प्रयेक दिन तीनघन्टा जाने गर्थ्यो अहिले त्यो एक्स्ट्रा समय मैले सदुपयोग गर्न पाएकी छु । हरेकदिन अफिसमा रहदा मेरा बाबुहरू कस्तो छन् होला, खायो खाएन, बिमारी पो भयोकि भनेर कुटुकुटु पोल्ने मेरोमन अहिले उनीहरूको सामु रहादा मनमा त्यो तनाब छैन । मेरो जीवनमा जस्तै अन्यमा पनि कैयन् यस्ता सम्भावना र चुनौतिहरू अवश्य छन् । प्रायजसो श्रीमान श्रीमति दुबैजना काम गर्ने, परिवारमा सिफट मिलाएर दिन र रातमा अलग अलग ड्यूटी गर्नाले एक अर्कासाग भेट नहुने सुखदुखका कुरा गर्नेसम्म फुर्सद नहुनेहरूका लागि यो समय अर्थात सेल्फ कवारेन्टाइन अत्यन्त उपयोगि क्षण भएको छ । त्यतिमात्र होइन कसैले यो गर्छु त्यो गर्छु भनेर सोचेका कामहरू तर समय नपाएर थाति रहेका कामका लागि पनि यो समय उपयोगि बन्न सक्छ ।

अन्त्यमा हामी सबैलाई चिन्ता छ आज के होला भोलि के होला भन्ने बिषयले तर धेरै चिन्ता लिनेभन्दा आफनो आहारबिहारको राम्रो ख्याल राख्ने, मन परेको टिभी सो हेर्ने,  मनपरेको पुस्तक पढ्ने वा घरको सरसफाई गर्ने जस्तो महत्वपूर्ण काममा ब्यस्त रहन सकिन्छ । यसरी ब्यस्त रहनाले तनाब कम गर्ने मात्र नभई केहोला भन्ने त्रासबाट दिमागलाई टाढा राख्न सकिन्छ । आफुसंग मन मिल्ने साथीहरूसंग रमाईला बात गर्ने, मजाले हास्ने गर्यो भने शरिरलाई नया उर्जा पनि प्राप्त हुन्छ । सबैलाई थाहा छ जीवन आज छ भोलि छैन कुनैकुरोको टुङ्गो छैन यद्धपि जटिलताभित्र सहजता खोज्दै अघि बडीरहौ जबसम्म सास रहन्छ तबसम्म नयाा सपना र सम्भावनाहरू खोजिरहौ ।

 

सम्बन्धित समाचार