३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025

कोविड १९ का कारण काम गुमाएका व्यक्तिलाइ बेरोजगार भत्ता पाइने 


Ang

१६ चैत्र २०७६, आइतबार  

0
Shares

विराज रिजाल

न्युयाेर्क- कोविड १९ फेडरल विलले प्रत्यक्षरुपमा रोजगार गुमाएका व्यक्तिहरुका लागि रोवोस्ट अनइम्प्ल्वाइमेन्ट इन्स्योरेन्सको (Robust Unemployment Insurance) व्यवस्था गरेको छ ।

यो फेडरल विलले व्यवस्थागरेको सुविधाहो तर यसलाई व्यवस्थापन गर्नकालागि राज्यसरकार मार्फत हुनेछ । यो राज्यले प्रदानगर्ने Unemployment Insurance भन्दा फरक किसिमको छ त्यसैले यसलाइ व्यवस्थापन गर्न राज्यसरकारले छिट्टै जानकारी गराइने भनिएको छ । Unemployment Insurance फाइल गर्नका लागि २ प्रकारका क्लेम फाइल गर्न सकिन्छ ।

1) राज्य सरकारवाट दिने परम्परगत Unemployment Insurance सुविधा : यो सुविधा पेरोलमा काम गर्ने व्यक्तिका लागि मात्र उपलव्ध छ । न्यूयोर्कको हकमा यो सुविधा २६ हप्तासम्म रहेकोछ । तर फेडरल सरकारले अरुथप १३ हप्ता सम्म दिने भनिएको छ । यसो भएमा जम्मा ३९ हप्तासम्म पाउन सक्ने अवस्था देखिन्छ । यो अनइम्ल्वाइमेन्ट इन्स्योरेन्स फाइल गरेपछि अन्य कुनै काम पैसा लिएर वा नलिएर जुनसुकै प्रकारको काम गरियो भने यो सुविधा पूर्ण वा आंशिक रुपमा नदिने सम्भावना हुन्छ । तर यसरि गरिएको काम कति दिन गरिएकोछ त्यसमा भर पर्ने हुन्छ । एकदिन बराबरको यसरि गएिको कामवाट प्रत्येक दिनको वेनिफिटवाट २५ प्रतिशतका दरले घटन जान्छ । यसरि हप्ताको चारदिन यस्तो काम गरेको अवस्थामा यो सुविधा पूर्ण रुपमा वन्द हुन जान्छ । यो अति महत्वपूर्ण छ किनकी तपाईले डिर्पाटमेन्ट लेवरलाई सहि जानकारि समयमा दिनु भएन र पछि जानकारीमा आयो भने तपाइले प्राप्त गरेको वेनिफिट फिर्ता गर्नु पर्ने पनि हुन्छ ।

कामको धेरै बोझ भएको कारण न्यूयोर्क लगायत अरु राज्यका डिर्पाटमेन्ट लेवरले आफ्नो थर अनुसार विभिन्न लास्टनेम भएका व्यक्तिले फरकदिनमा फारम भर्न हुन जानकारि गराएको छ । त्यसैले आफ्नो स्टेटको डिर्पाटमेन्ट लेवरको वेभसाइटमा गइ आफ्नो क्लेमको जानकारि गराउनु होला । साधरणतया कामवाट वाहिरिएको एकहप्ताभित्र डिर्पाटमेन्ट लेवरमा फर्म भरिसक्नु पर्ने छ । तर अहिले अतिधेरै निवेदनहरु भएको कारण केहि ढिला भए पनि समयमा फाइलगरेको मान्न सक्छ । तर धेरै ढिला गरेर नवस्नुहुन जानकारि गराइन्छ ।

2) संघिय (Federal) सरकारवाट दिइने Robust Unemployment Insurance सुविधा :  यो विशेष प्रकारको Unemployment Insurance सुविधा हो । यो सुविधा Disaster Unemployment Assistant को माध्यमवाट संघिय सरकारले दिने गर्दछ । त्यसैले संघिय सरकारले यो महामारिमा विभिन्न किसिमका कामवाट जनताले दैनिक आय गुमाएको कारण घोषणा गरेको विशेष प्रकारको (Robust Unemployment Insurance) हो । यस व्यवस्थामा प्रत्येक प्राप्तकर्ताले प्रतिहप्ता ६०० डलर पाउने व्यवस्था गरेको छ ।

यो सुविधा स्वरोजगारदाता, इन्डिपेन्डेन्ट कन्ट््रयाक्टर, र छोटो अवधिमात्र कामगर्नेहरुले पनि लिन पाउने व्यवस्था गरेको छ । जसले स्टेटवाट प्राप्तगर्ने Unemployment Insurance सुविधा लिन शुरुगरिसक्नु भएको छ उहांहरुले यो सुविधाकालागि छुट्टै फर्म भर्नु पर्ने छैन् । अन्य योग्य व्यक्तिले आफुले वसोवास गरेको स्टेटको डिपार्टमेन्ट लेवर मार्फत आफ्नो फर्मभर्नु होला । यसरि फर्मभर्दा आफ्नो स्वरोजगारको यथार्थ विवरण दिनु होला । यो प्रकारको सुविधा विशेष प्रकारको भएको कारणले यसको वारेमा धेरै जानकारिहरु डिपार्टमेन्ट लेवरले पनि दिइसकेको अवस्था छैन् । त्यसैले आफ्नो सहि जानकारि सहित फर्म भरेमा केहि सोधपुछ गर्नु पर्ने भएमा डिपार्टमेन्ट लेवरले सम्बन्धीत व्यक्तिलाई सम्पर्क गर्ने छ । डिपार्टमेन्ट लेवरको वेबसाईटमा गएर आफ्नो फाइल गर्ने दिनको जानकारि लिनु होला । न्यूयोर्क स्टेटको हकमा निम्न अनुसार व्यवस्था गरेको छ ।

NYS Department of Labor Website: labor.ny.gov
If your last name starts with A – F, file your claim on Monday.
For last names starting with G – N, file your claim on Tuesday.
For last names starting with O – Z, file your claim on Wednesday.
If you missed your filing day, file your claim on Thursday, Friday or Saturday.

रिजाल टेक्सराजा एकाउण्ट सर्भिसका सिपिए हुन ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ८ : ०८ बजे