न्युयाेर्क (एजेन्सी)- अमेरिकामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ ।
आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ भने संक्रमितको सख्या एक लाख २३ हजार नाघेको छ ।
विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भएको अमेरिकाले शुक्रबार मात्रै २० खर्बको राहत प्याकेज घोषणा गरेको छ ।