न्युयोर्कको नेपाली समुदायमा नेपाली कला सस्कृतिको संरक्षणमा महत्वपुर्ण योगदान पुर्याउदै आएका पुर्व प्रध्यापक अजय छोचुङको निधन भएको छ । उनी नेपालको सरस्वती क्याम्पसका पुर्व प्रध्यापक हुन । छोचुंग नेवारी समुदायको कला सस्कृतिको संरक्षणमा लामो समयदेखिन योगदान पुर्याउदै आएका व्यक्ति हुन । उनले नेवारी समुदायको कला सस्कृति संरक्षण गर्ने उद्धेस्य अनुरुप एभरेष्टटाइम्स पत्रिकामा लेखहरु लेख्दै आएका थिए । नेपाली समुदायको अगुवाको रुपमा चिनिदै आएका उनी सस्थागत रुपमा नेवा नखः न्युयोर्कका सल्लाहकार हुन ।
मिजासिलो, सधै स्पष्ट बोल्ने र सही मार्ग निदेशनका कुराहरु गदै आएका उनी डाल्लास एभरेष्ट लाइन्स क्लबको चार्टड प्रेसिडेन्ट समेत हुन । उनी अस्वस्थ भएपछि अर्जेन्ट केयर गएको थियो । त्यतिखेर निमोनिया भएको लक्षण देखिएपछि उपाचारको सिलसिलामा एलमष्ट अस्पतालमा भर्ना भएका थिए । करिब तीन हप्ताको उपाचारको क्रममा शनिबार बेलुकी अकास्मत हृदयघातको कारण मृत्यु भएको अस्पतालले परिवारलाई खबर गरेको थियो । परिवारका अनुसार उनको शारिरिक अवस्था सुधार भई अस्पतालले एकदुई दिनमै डिस्चार्ज हुन्छ भनेर खबर गरेको थियो तर अचानक मृत्यु भएको खबर सुनेर परिवार र नेपाली समुदाय स्तब्ध बनेका छन । उनको निधनले नेपाली समुदायमा एक सक्षम बौद्धिक व्यक्तित्व गुमाउनु परेकोले अपुरणिण् क्षति भएको छ । श्रीमतिका साथ बस्दै आएका उनको छोरा र बुहारी न्युयोर्कमै छन भने छोरि इण्डियामा छन । न्युयोर्कमा कोरोनाको कारण मुस्ताङका थोक्मे विष्ट र सोनाम लामाको मृत्यु भएको छ ।