न्युयाेर्क । न्युयोर्क सिटिका मेयर विल दी ब्लाजिओले कोरोना संक्रमित ६ हजार होमलेसहरुलाई स्थानीय होटलमा बस्नको व्यवस्था गर्न लागेको जानकारी दिएका छन् ।
यो व्यवस्था आगामी सोमबारदेखि हुन लागेको मेयर ब्लाजिओले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । जेष्ठ नागरिकहरुलाई पहिलो प्रथामिकताका दिइने उनले बताएका छन् ।
‘न्युयोर्कबासी जसलाई बस्नको समस्या छ उनीहरुको लागि सिटिले यो ब्यवस्था गर्न लागेको हो,’ मेयर ब्लाजिओले भने, ‘सुरक्षा र स्वास्थ्व जीवन दिलाउनका लागि यो प्रयास गरेको हो ।’ मेयर ब्लाजिओले कोरोना संक्रमणका कारण विद्यालय अझै महिना बन्द गर्न लागेको बताए ।