२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

वैशाख १५ सम्म लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय



काठमाडाैं । मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको छ।

मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हाे।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्‍याइएको थियो।

लकडाउन हुनुभन्दा अघि नेपालमा कोरोना संक्रमितको संख्या जम्मा दुई जना थियो । मंगलबारसम्म कोरोना संक्रमितको संख्या १६ पुगेको छ। तीमध्ये पनि एक जना उपचार पछि घर फर्किसकेका छन्।

प्रकाशित मिति : २ बैशाख २०७७, मंगलबार  ४ : १५ बजे