२७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त



काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन्। चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाई सरकारले पूर्वमन्त्री पाण्डेलाई सो पदमा नियुक्तिका लागि सिफारिश गरेकामा उनले संसदीय सुनुवाइ पूरा गरिसकेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : ३५ बजे