एनआरएन अमेरिकाका पुर्व अध्यक्ष तथा बरिष्ठ कानुन व्यवसायी खगेन्द्र क्षेत्री गैर आवासीय नेपाली सघं अन्तर्रा्ष्टि्रय समन्वय समितिद्धारा गठित ग्लोबल नेपाली सामाजिक एकीकरण समितिको संयोजकमा चयन भएको छ । उनी नेपाल सरकारको एनआरएन सल्लाहकार तथा एनआरएन आइसिसिको नागरिकता सम्बन्धीत टक्सफोर्स कमिटिमा दुई कार्यकाल कोचेयर भएर कार्य गरिसकेका अभियान्त हुन । पहिलो र दोश्रो दुवै पुस्ताको एनआरएनएलाई एकिकृत गराउने सोच अनुरुप आफुले यो जिम्मेवारी पाएको क्षेत्री बताउछन ।
‘ विश्वभरि विभिन्न क्षेत्रमा सफलता हासिल गदै आएका दुवै पुस्ताका एनआरएनलाई एकिकृत गराई नेपालीको पहिचान गराउनु आजको आवश्याक्ता हो ’ संयोजक क्षेत्रीले भने-‘ हामी पहिलो पुस्तासंगै विदेशमा जन्मेका दोश्रो पुस्तालाई समेटेर एकता गर्न सकेमा विदेशमा नेपालीको बलियो पहिचानको साथै एक आपसमा सहयोग, जन सम्पर्क, रोजगारीको अवसर लगायत मेनटोरिङको कार्य समेत गर्न सकिनेछ’ । उनले बताए ।
विदेशमा बस्नेहरुको सस्था एनआरएनमा नेपालमा जन्मेर हुर्केर विदेशमा आएकाहरु पहिलो पुस्ता हुन भने विदेशमा जन्मेकाहरु दोश्रो पुस्ताका एनआरएन हुन । विदेशी भुमीमा विभिन्न पेशा व्यवसाय र क्षेत्रमा सफलता हासिल गर्ने सबै एनआरएनहरुलाई समेटन सकेमा विदेशमा नेपालीको पहिचानको ठुलो आधार बन्नुको साथै नेपाल र नेपालीहरुलाई धेरै फाइदा पुग्ने संयोजक क्षेत्रीले बताए । ‘ यो अभियान सफल बनाउन विभिन्न मुलुकहरुमा यो सम्बन्धी सोचमा रुचि राख्ने व्यक्तिहरुको सहयोगमा कमिटि बनाएर अघि बढने योजना बनाएको छु’ संयोजक क्षेत्रीले बताए ।