कोरोना संक्रमणको कारण अमेरिकाको न्युयोर्कमा मृत्यु हुने नेपालीहरुको सहयोगमा मेरिल्याण्डस्थित विधान सभा सदस्य एचभि भण्डारी खटदै आएका छन । उनले न्युयोर्कमा अहिलेसम्म मृत्यु भएका नेपालीहरुको दाहसस्कारको लागी मध्यस्थाकर्ताको भुमिका निभाउदै आएका छन । उनका अनुसार अहिलेसम्म १० जना नेपालीले ज्यान गुमाउनु परेको र यस अवधीमा ज्यान गुमाउनेहरु कसैको पनि शव अलपत्र नपरेको बताएको छ । उहाहरुको अन्तिम सस्कारको लागी आवश्याक प्रक्रिया पुरा भई सहदतको मितिको प्रतिक्षामा रहेको जानकारी दिएको छ ।
उनले यो जानकारी आफनो फेसबुकबाट पनि दिएको छ
आदरणीय नेपाली समुदायका दिदीवहिनी तथा दाजुभाईहरु
अहिले हामी कोरोना भाईरसको महामारीको वीचमा अनेकन समस्याका साथ गुज्रिएका छौं । यस दुखद घडीमा अहिले सम्म १० जना नेपालीहरुले अमेरिकामा अकल्पनीय मृत्यु वरण गर्नु परेको छ । सर्वप्रथम म दिवंगत हुनुभएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दे शोक सन्तप्त परिवार जनमा गहिरो समवेदना प्रकट गर्न चाहन्छु । यस कठिन घडीमा दिवंगत हुनु भएकाहरुको अन्तिम संस्कारको लागि हामी अनवरत प्रयासमा लागिरहेको कुरा हजुरहरुले विभिन्न सञ्चारमाध्यम तथा परिवारका सदस्यज्यूवाट जानकार हुनुहुन्छ भन्ने अपेक्षा गरेका छौं । यस अवधिमा ज्यान गुमाउनु भएकाहरु कसैको पनि शव अलपत्र नपरेको र उहाँहरुको अन्तिम संस्कारको लागि आवश्यक प्रक्रिया पूरा भई सदगत गर्ने मितिको प्रतिक्षामा हामी रहेका छौं ।
तसर्थ अनावश्यक कुराहरुको पछि नलागी यथार्थपरक र सही सूचना यसै मार्फत हजुरहरुको सामु सम्प्रेषण गर्न लागेको छु ।
तोकिएको समयमा यदि शवको वैधानिक रुपमा दावी गर्न नआएको खण्डमा सरकारी निकायको समन्वयमा पटर्स फिलमा लगेर पाईनको क्यासकेटमा नाम ग्रेभमै राखिएको हुन्छ । यदि पछि परिवारको सदस्य आएर दावी गरेको खण्डमा स्थानीय निकायसँग समन्वय गरेर त्यसलाई सदगत गर्न समेत पाईने व्यवस्था गरिएको हुन्छ ।
तसर्थ अमेरिकामा कसैको पनि शव वेवारिसे अवस्थामा रहँदैंन यो विषय म हजुरहरुलाई मैले काम गर्ने हेल्थ एण्ड गभरमेन्ट अपरेशन्स कमिटिको सदस्यको नाताले वैधानिक व्यवस्थाको वारेमा सूसूचित गर्न चाहेको मात्र हुँ । साथै एक जनाको अन्तिम संस्कारको लागि नजिकको आफन्तको पहिचान नभएको कारणले केही ढिलाई भएको छ, म आशा गर्दछु उहाँको नजिकको आफन्त यथाशक्य समुदायको सम्पर्कमा आउनुहुनेछ र हामीहरुले कानूनी प्रक्रिया पूरा गर्न सफल हुनेछौं ।
यस कठिन घडीमा हामी सवैको सामूहिक पहलले मात्र समस्यकाको समाधानको मार्ग प्रशस्त गर्न सक्छौं भन्नेमा म विश्वस्त रहेको छु । तपाईहरुलाई कुनै पनि समस्या परेको खण्डमा म,मेरो कार्यालय ,स्थानीय समुदायका अगुवाहरुलाई सम्पर्क गरी हातेमालो गर्न यसै मार्फत हार्दिक अपिल गर्दछु । यस कठिन घडीमा समुदायको हीतका लागि खटिनुहुने स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवा प्रदायक क्षेत्रमा कार्यरत प्रति हार्दिक धन्यवाद व्यक्त गर्दे न्यूयोर्कमा नेपाली समुदायको सहयोगको लागि महामारीको वीचमा सक्रिय रहनु भएका सम्पूर्ण स्वयंसेवकहरुको कार्यसम्पादनको उच्च प्रशंसा गर्न चाहन्छु ।
COVID १९ को महत्वपूर्ण जानकारीको लागि कृपया यहाँ क्लिक गर्नुहोस्।
https://harrybhandari.com/कोभिड-१९-नेपाली
हयारी भण्डारी
डेलिगेट
मेरिल्याण्ड जनरल एसेम्वली
अप्रिल २०,२०२०