न्युयोर्कमा कागजपत्र नहुनेलाई राहत दिने

२०७७ बैशाख ९, मंगलवार ०५:५६

न्युयोर्क सिटिको मेयर विल दि ब्लाजिओले कागजपत्र नभएको न्युयोर्कबासीलाई प्रति परिवार १ हजार डलर कोभिढ १९ राहत स्वरुप दिने घोषणा गरेका छन । सिटिले स्थापना गरेको कोभिढ १९ इमिग्रेसन इर्मजेन्सी रिलिफ प्रोग्रामको लागी ओपन सोसाइटी फाउण्डेसनले २० मिलियन डलर सहयोग गरेको छ ।

यो राहत कोरोनाको कारणले रोजगार गुमेर पिडामा परेको कागजपत्र नभएको अप्रावसीलाई दिन लागेको मेयर ब्लाजिओले जानकारी दिएको छ । यो राहत रकम बच्चा सहितको परिवारलाई १ हजार डलर, जोडिलाई ८ सय डलर र एक्लै भएकोलाई ४ सय दिने भएको छ । न्युयोर्क सिटिको मेयर कार्यालयका अनुसार ३ लाख ६० हजार कागजपत्र नभएको कामदार र ४८ हजार कागजत नभएको व्यवसायीहरु रहेका छन ।

सम्बन्धित समाचार