९ असार २०८२, सोमबार | Mon Jun 23 2025

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ४० पुगे



काठमाडाैं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप ७ पुरुष र १ महिलामा काेराेना संक्रमण देखिएकाे पुष्टि गरेकाे हाे ।

स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालाले मस्जिदमा भेटिएका १२ जना कोरोना संक्रमितको सम्पर्कमा रहेका ७९ जनाको स्वाब परीक्षण गर्दा थप ८ जनामा संक्रमण भेटिएको बताए ।

उदयपुरबाट संकलन भएको स्वाबको नमूना कोशी अञ्चल अस्पतालपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा संक्रमण पुष्टि भएको हाे । पुनः परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।

संक्रमित व्यक्तिहरू लकडाउनका बेला भारतबाट राजविराज हुँदै उदयपुर पुगेका स्रोतले जनाएको छ । यसअघि उदयपुरमा १३ जना र मंगलबार नै १ जना कोरोना संक्रमित भेटिएका थिए । अब देशभर कोरोना संक्रमितको संख्या ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये ५ जना उपचारपछि निको भइसकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ६ : ५६ बजे