९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई सहयोगको खाचो


Ang

१० बैशाख २०७७, बुधबार  

0
Shares

आङछिरिङ शेर्पा
विश्वमा सबैभन्द धेरै कोरोना संक्रमित र मृत्यु भएको देश अमेरिकामा यतिखेर सवै तहतप्का र क्षेत्रका व्यक्तिहरु पिडित भएका छन । यो विषम परिस्थितिमा सरकारले कागज हुनेहरुलाई केही राहतको व्यवस्था गर्ने भएपनि कागजपत्र नभएको र विभिन्न मुलुकबाट अमेरिकामा अध्ययन गर्न आएका विद्यार्थी ( इन्टरनेशनल स्टुडेन्ट)हरुलाई भने समास्या हुन थालेको छ ।

अरु मुलुकको विद्यार्थीहरु जस्तै यतिखेर नेपाली विद्यार्थीहरु पनि आधारभुत आवश्यक्तासंगै पढाई खर्चको अभाव झेल्नु परेको विद्यार्थी विजयमान सिंहले बताए । सिंह अमेरिकामा रहेका नेपाली विद्यार्थीहरुको सस्था युनाइटेड नेपालिज स्टुडेन्ट एसोसियसनका अध्यक्ष हुन । ‘ नेपाली विद्यार्थीहरुले आधारभुत आवश्यताको अभावमा दुख भोग्नु परिरहेकाले हामी सवैतिर सहयोगको आशा गरेका छौ’ बिजयसिंहले भने-‘ अहिले नेपालबाट पैसा मगाउने नसक्ने यो अवस्थामा रोजगार गुमेका अधिकांस नेपाली विद्यार्थीहरुले दैनिक आधारभुत आवश्यक्ताको अभावसंगै र सेमिष्टारको फि तिर्ने आर्थिक अभाव झेल्नु परिरहेको छ ‘।

अमेरिकामा यतिखेर नेपाली विद्यार्थीहरुले भोग्नु परेको संकटमा राहतको लागी एसोसियसनले गोफण्डबाट आर्थिक संकलन गर्नुको साथै केही विद्यार्थीहरुको घरघरमा ग्रोसरी लगीदिने काम गदै आएको अध्यक्ष सिंहले बताए । पछिल्लो समयमा अमेरिकामा अध्ययन गर्न आएका नेपाली विद्यार्थीहरुको संख्या करिब २० हजार नाघेको अनुमान एसोसियसनले गरेको छ ।

‘ बिधार्थीहरुको भोग्नु परेको आधारभुत समास्या त हामी सवै मिलेर समाधान गरुला तर सेमिष्टारको पैसा तिर्न नसक्नेहरुलाई सम्बन्धीत राज्यको सिटिले मिनाह गरिदिए ठुलो राहत हुन्थ्यो’ । विद्यार्थीहरुको सहयोगको लागी एसोसियसनले एनआरएन अमेरिका, राजदुताबास, मेयरको कार्यालय र समुदायका केही सस्थाहरुलाई सहयोगको लागी आग्रह गरिसकेको उनले बताए । न्युयोर्कमा लगौडिया कलेज, सिटि कलेज, हन्टर कलेज, क्विन्स कलेज र एनवाइयु लगायतका कलेजहरुमा नेपाली विद्यार्थीहरु अध्ययन गरिरहेका छन । नेपाली विद्यार्थीहरुको लागी कसैले सहयोग गर्न रुचि भएमा यो नम्बरमा फोन गर्न सकिनेछ । विजयमानसिंह : 347 471 7333

 

 

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ३ : ०० बजे