काठमाडाैं । कोभिड १९ का कारण नेपालले पनि समस्याा भोग्नु परिरहेको वेला सरकारले अचानक ल्याएको दुई अध्यादेश फिर्ता नलिए प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका चार दलले आन्दोलन गर्ने चेतावानी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले उक्त निर्णय गरेकाे हाे ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, राजपा संयोजक शरतसिंह भण्डारी, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणा लगायतका नेताहरु सहभागी थिए ।
कांग्रेससहित चार दलका नेताहरुले अध्यादेश लोकतन्त्र र संविधानमाथिको अतिक्रमण भएको भन्दै फिर्ता लिन सरकारलाई आग्रह गरेका छन । उनीहरुले अध्यादेश फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी सरकारलाई दिएका छन् ।