आङछिरिङ शेर्पा
न्युयाेर्क। न्युयोर्कमा कोभिड १९ देखिन सुरू भएसँगै बजारमा ज्वरो कम गर्ने औषधि टाइलेनोल पाउँदैन्थ्यो । साना पसलहरुसँगै डुइनरिड र राइटएडतिर पनि पाउनै छाडेकाे थियाे । त्यतिखेर नेपाली समाजमा टाइलेनोल नहुने परिवारले निकै समास्या भोग्नु परेको थियो ।
एक त बजारमा निस्कन गाह्राे त्यसमा पनि टाइलेनोल नपाएर समास्या भोग्नु परेको बेला समाजसेवी लिला राईले एनआरएनलाई ३७ बक्स र आदीवासी जनजाती महासंघ अमेरिकालाई १३ बक्स टाइलेनोल बाडेर धेरैलाई ठूलो सहयोग गरेका छन् । ‘त्यस्तो महामारीमा कँही टाइलेनोल नपाउने बेला लिला जीले दिनुभएको त्यो सहयोगले हामीलाई ठूलो गुण लगाएको छ,’ एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीले भने, ‘उहाँले दिनुभएको सहयोगले ७० विरामी परिवारलाई ठूलाे सहयोग भएको छ ।’
नेपाली समुदायमा सामाजिक सेवाको भावना लिँदै आएका राईले नेपाली समुदायलाई टाइलेनोलको साथै बजारमा ज्वरो नाप्ने थर्मोमिटर नपाएको बेला २५ वटा थर्मोमिटर बाडेर अर्को गुण लगाइदिएका छन । यसको साथै एलमष्ट अस्पतालको लागी १ सय थान मास्क समेत वितरण गरेका छन् ।
‘बजारमा टयाइलानोल र थर्मोटिर नपाएको बेला हाम्रो समुदायलाई सहयोग गर्न पाउदा आनन्दीत महसुस भइरहेको छ ‘ समाजसेवी राईले भने, ‘मैले प्रचारमा आउछु भनेर यो गरेको होइन, समुदायको आवश्यक्तालाई बुझेर सानो सहयोग मात्र गरेको हो ।’
भोजपुर जिल्लाको तिवारी भन्ज्याङ खेसाङमा जन्मेका राई सन १९९६ मा अमेरिका आएका थिए । अमेरिका आएको वितिकै न्युयोर्कको क्विन्समा लामो समय बसेर १४ बर्षअघि दुइ छोराका श्रीमतिका साथ लङआइल्याण्डमा पसल चलाउदै आएका छन । उनले यस अघि आफनै गाउमा विद्यालय बनाइदिनुको साथै विभिन्न अमेरिकी नेपाली समुदायमा सहयोग गदै आएका छन ।
राईका अनुसार शुरुदेखि अहिलेसम्म एनआएनए र आदीवासी जनजातीसंगै कतिपय पसलमै लिन आएकाहरु र पाकिस्तानीलाई दिएका समेत गरि ६५ बक्स टाइलेनोल बाँडिसकेको छ । त्यस्तै २५ वटा थर्मोमिटरमा आदीवासी जनजातीलाई १० वटा, एनआरएनलाई ६ वटा, हयोल्मो समाजलाई ५ वटा गरि बाडीसकेका छन । त्यस्तै एलमष्ट अस्पताललाई १ सय थान मक्स समेत वितरण गरिसकेका छन । एक बक्स टाइलेनोललाई ५० डलर पर्छ । जुन १ सय वटा हुन्छन् । त्यस्तै थर्मोमिटर एउटाको अनलाइनमा १७ डलर पर्छ । राईले पैसाको हिसावकिताब नगरिकना समास्यामा परेकोहरुलाई निशुल्क सहयोग गदै आएका थिए ।
‘पैसा भन्दा पनि ठुलो कुरा कसरी दुख पाएकोलाई सहयोग गर्न सक्छु भन्ने सोचेरनै यो गरेको हो’ उनले आफ्नै पसलका लागि भनेर विभिन्न स्थानबाट निकै अनुरोध गरेर यी सामानहरु आर्डर गदै समुदायलाई वितरण गरेका हुन । ‘अझै पनि केही थर्मोमिटर र टयानोल बाकी छ कसैलाई चाहिएमा दिने विचार भनेर राखेको छु ।’
समाजसेवी लिला राईले जस्तै पछिल्लो समय अन्य राज्यहरुमा बसोबास गदै आइरहेका नेपाली समाजसेवीहरुले पनि न्युयोर्कको नेपाली समुदायको सहयोगको लागी टाइलानोल औषधी, मक्स, पञ्जा र थर्मोमिटर सहयोग गदै आएका छन्।