न्युयाेर्क। न्यूयोर्कस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकालाई कोभिड १९ सँग लड्न आवश्यक सामग्री न्यूयोर्क सहरको पूर्वकाउन्सिल मेम्बर एलिजाबेथ क्राउलीले आवश्यक सामाग्री हस्तन्तरण गरेको छ ।
उक्त सामग्री नेपाली समुदायको हितमा पुर्याउनका लागि प्राप्त भएको फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले बताए । उनका अनुसार क्राउलीले फाउण्डेसनलाई सहयोग १५० वटा रेगुलर मास्क, ८५ वटा सेनीटाईजर र १० बक्स ग्लोभ्स उपलब्ध गराएका छन् ।
सामाग्री १४ औं लोकतन्त्र दिवसको अवसरमा प्रदान गरिएकेा थियो । सेवा नै धर्म हो, भन्ने मुल नाराका साथ अग्रसर फाउण्डेशनले सहयोगी एलिजाबेथ क्राउलीलाई विशेष धन्यवाद एवम् आभार प्रकट गरेका छन् ।
सहयोग सामग्रीहरुको हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य प्रेम पौडेल र कृयासिल सदस्य सुर्य सिम्खडाले आफना बिचार व्यक्त गरेका थिए । प्राप्त सामग्रीहरु छिरिङ्ग राप्के लामा मार्फत नेपाली समुदायमा वितरण गर्न लागेको फाउण्डेसनले जनाएको छ ।