९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

फाउण्डेसनलाई प्राप्त सहयोग सामाग्री वितरण


Ang

१४ बैशाख २०७७, आइतबार  

0
Shares

न्युयोर्क राज्यको सेनेटर जोन सि लिउबाट गिरिजा प्रसाद फाउण्डेसनलाई दिएको २ हजार थान सर्जिकल मक्स आदीवासी जनजाती महासंघ अमेरिकालाई हस्ततन्तरण गरेको फाउण्डेसनले जनाएको छ । उक्त मक्स सिनेटर लिउलाई चिनिया सस्था बुद्धिष्ठ चे चि च्यारिटि फाउण्डेसनबाट प्राप्त भएको जनाएको छ ।

त्यस्तै गरि गिरिजा प्रसाद फाउण्डेसनलाई न्वाला वदोहरथी एवम् ज्याक्सन हाईट्स व्युटिफीकेसन नन प्रफिट सस्थांकी अध्यक्षले चामल, वेवी वाईप्स, ब्लिच, ग्लोभ्स, वेवि मिल्क र वेवि डाईपरहरु सहयोग गरेका थिए । उक्त सामाग्री फाउण्डेसनले ग्याल्सुम्दा समाजलाई ५ सय थान मक्स, ६ सय परिवारलाई वेवि वाइप्स, बच्चाको दुध, पञ्जा, र बच्चाको डाइपड वितरण गरेको जनाएको छ ।

त्यस्तै भोइस फर युथ मार्फत नेपाली विद्यार्थीको सहयोगको लागी २० पाउण्डको चार ब्याग जम्मा ८० पाउण्ड चामल हस्तान्तरण गरेको थियो । उक्त सामाग्रीहरु जिपिके फाउण्डेसनका केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामाले वितरण गरेको फाउण्डेसनको अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  १० : १९ बजे