२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

नेकपा सचिवालय बैठक बुधबार बाेलाइयाे



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बुधबार सचिवालय बैठक बोलाएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएलगत्तै सचिवालय बैठक बोलाइएको हो । बैठक भोलि साँझ ५ बजे बोलाइएको छ । मंगलबार दिउँसाे दुवै अध्यक्षबीच बालुवाटारमा भेट भएकाे थियाे ।

दाहालसहित माधवकुमार नेपाल, झलनाथ खनालसहितका नेताहरूले सचिवालय बैठक बाेलाउनु पर्ने माग गरेका थिए ।  ओलीले बैठक छल्ने प्रयास गरिरहेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०७७, मंगलबार  ७ : ४५ बजे