३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

बिरहले मनै ढाक्यो


Ang

१७ बैशाख २०७७, बुधबार  

0
Shares

गीता खत्री, न्यूयोर्क

विरहले मनै ढाक्यो के भयो नी आज,
मान्छेलाई मान्छेसंग डर भयो आज

फूलहरु त्यसरी नै फुलिराछ फेरि,
बादल पनि त्यसरी नै उडिराछन् फेरि

देखिदैन आाखाले नी कस्तो हो यो जहर
सासै फेर्न गाह्रो हुने कस्तो हो यो प्रहर

संसारनै घरभित्रै नजरबन्दी भाछ
तर पनि हाम्रो मनमा आधिबेहरी गाछा

घाम जून त्यसरी नै उदाइराछ फेरि
किन भयो हामीलाई डर यस्तो फेरि

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : २७ बजे