लस एन्जलस । अमेरिकाको लस एन्जलसमा सबै नागरिकलाई निशुल्क कोविड १९ को परीक्षण गरिने भएको छ । यसरी सबै नागरिकलाई निःशुल्क रुपमा परीक्षण सेवा प्रारम्भ गर्ने लस एन्जलस नै पहिलो सहर भएको बताइएको छ ।
उक्त नगरका मेयर एरिक ग्यारेक्टीले सो विषयमा बुधबार जानकारी दिएका हुन् । उनले लस एन्जलस नै यसरी कोविड १९ को नियन्त्रणका विषयमा पहल गर्ने पहिलो नगर भएको बताएका छन् ।
उनले आफ्नो ट्वीटर अकाउन्टबाट यहाँका सबैजना बासिन्दा अमेरिकी नागरिक तथा आप्रवासी समेतलाई स्वास्थ्य परीक्षण गराइने जानकारी दिएका हुन् ।
उनले पहिलो प्राथमिकता यस्तो लक्षण देखिएका नागरिकलाई दिइने भए पनि सबैको स्वास्थ्य परीक्षण गरिने जानकारी दिएको समाचारमा जनाइएको छ ।