७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

कोरोनाको कारण मृत्यु भएका पुर्व मेजर राईको अन्त्येष्टि


Ang

१९ बैशाख २०७७, शुक्रबार  

0
Shares

अमेरीकाको न्युयोर्कमा कोरोनाको कारण निधन भएका भारतीय सेनाका पुर्व मेजर बिष्णु कुमार राईको अन्तेष्टि गरिएको छ । ७२ बषिर्य राईको न्युयोर्कको क्विन्सस्थित एलमष्ट अस्पतालमा कोरोना उपचारको क्रममा गत मार्च २७ मा निधन भएको थियो । मृतक राईको विहिबार न्युजर्सीस्थित रुबी मेमोरिएल फुनेरल तथा क्रिमासन सर्भिसमा अन्त्येस्टि गरिएको युनाइटेड किरात राई एसोसियसन ( युक्रा) न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राईले जानकारी दिएको छ ।

उनका अनुसार अस्पतालमा राईको निधन भएपछि आफन्तहरु कोहि नभएको र राई समुदायमा कसैसग पनि सम्पर्क भएकोले संगै बस्ने साथीको माध्यामबाट भारतमा रहेकी उनका भान्जी सपना देबी राईलाई खबर गरेका थिए । भान्जीले उक्त जानकारी पाए लगतै न्युयोर्कस्थित नेपाली बाणिज्यदूतावासलाई सम्पर्क गरेकी थिए । न्युयोर्कस्थित महाबाणिज्यदूत पुष्पराज भट्टराइले युक्रा न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई र केन्दि्रय अध्यक्ष मुना राईलाई जानकारी दिएका थिए । युक्राका अध्यक्ष मुना राइले आफनो समुदायको दुखद समाचार सुनेको वितिकै तत्कालै मृतकको आफन्तहरुलाई सम्पर्क गरि दाहसंस्कारको स्वीकृति लिएकी थिए । आफन्तले दिएको स्वीकृतिको आधारमा अन्तेष्टि गरेको जानकारी दिएको छ । उनको अन्तेष्टि लागी हृयारी भण्डारीको पहलमा बाल्टिमोरस्थित गैरनाफामुलक संस्था फ्रेण्डस अफ स्पार्चले आर्थिक सहयोग गरेका थिए ।

भोजपुर जिल्लाका मेजर सुर्जमान राई र आमा फूलमाया राईको कोखबाट जन्मिएका स्व बिष्णु कुमार राई भारतीय सेनाको पुर्व मेजर भएको युक्राका अध्यक्ष केशवराम राइले जानकारी दिएको छ । उनका अनुसार मृतक राई भारत र पाकिस्तानमा १९७१ को युद्धमा लड्दा गोली लागेर घाइते समेत भएका थिए । भारतीय सेनाको जागीर पछि काठमान्डूको बांसबारी स्थित नविल बैंकमा सुरक्षा बिभागमा काम गरेका उनले बाासबारीमै स्पि्रंगडेल नामक स्कुल संचालन समेत गरेका थिए । २७ वर्ष अघि अमेरीका आएका स्व राई मृगौलाको समास्याले पिडित थिए । स्व राई अबिबाहित रहेको उनकी भान्जीले सपनाले जानकारी दिएकी जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ११ : ०४ बजे