९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

नेकपा सचिवालय बैठक बस्दै



काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक शनिबार साँझ साढे ५ बजे बस्ने भएको छ । यसअघिको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई कोरोना संक्रमण सकिएपछि प्रधानमन्त्री र नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्षको प्रस्ताव गरेपछि रोकिएको थियो ।

सरकारले अध्यादेश जारी गरेसँगै विवादमा परेको नेकपामा प्रधानमन्त्री ओलीको विकल्प खोजी भइरहेको छ । स्थायी कमिटी बैठक बोलाएर प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल र नेता नेपाल पक्षको माग छ । सरकार एकलौटी चलाएको र अलोकप्रिय हुँदै गएको उनीहरूको आरोप छ ।

 

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  १ : ५० बजे