अफगानिस्तान हवाई आक्रमणमा १६ जनाको मृत्यु

२०७७ बैशाख २३, मंगलवार १६:१४

मजार–ए–सरिफ (एजेन्सी)। अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डर सहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ ।

उत्तरी कमान्डका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले उक्त हवाई आक्रमणमा तालिबानका कमान्डर मुल्लाह याकुब पनि मारिएको बताए ।

तालिबान समूहको रेड युनिटका कमान्डर मुल्लाह याकुब सहितका तालिबानी लडाकूहरु भेला भएको सूचनाका आधारमा राति १ बजे हवाई कारबाही गरिएको पनि प्रवक्ता हनिफले जानकारी दिए ।

सैनिक प्रवक्ता हनिफले बाल्ख र छिमेकी जज्वान तथा फरयाब प्रान्तमा समेत निकै कुख्यात व्यक्तिका रुपमा चिनिएका याकुबको भौतिक उपस्थिति अब समाप्त भएको बताए ।

उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।

सम्बन्धित समाचार