२६ माघ २०८१, शनिबार | Sat Feb 8 2025

कोसी अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज



काठमाडौं । विराटनगरस्थित काेसी अस्पतालमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनालाइ शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे ।

कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् । थप ८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  १ : ०९ बजे