७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेपाली भूभाग लिपुलेकमा भारतले बनायाे सडक



दार्चुला। भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको मानसरोवर जाने सडक मार्ग खोलेको छ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको गर्वाधार लिपुलेक सडकको शुक्रबार उद्घाटन गरेका छन् ।

कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको आज भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेको जनाइएको छ ।  मानसरोवर यात्राको लिंकरोडको उद्घाटन गर्न पाउँदा खुशी छु’, उनले ट्विट गरेका छन्, ‘बिआरओ (बोर्डर रोड अर्गनाइजेशन) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ ।’

नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोधसमेत भइरहेको छ ।

भारतले सन् २००८ देखि नै यो सडक निर्माण सुरु गरेको हो । ९५ किलोमिटर तवाघाट लिपुलेक सडक खण्डको २०२० मा सम्पन्न भएको जनाएको छ ।

सन् २०१५ मा चीन र भारतबीच लिपुलेक नाकबाट व्यापार विस्तार गर्ने सहमतीपछि भारतले यो सडक निर्माणले तिव्रता दिएको थियो ।

 

प्रकाशित मिति : २७ बैशाख २०७७, शनिबार  ४ : १० बजे