न्युयाेर्क। न्युयोर्कमा एउटै अपार्टमेन्ट वा कोठामा मिलेर बस्नेहरुलाई कोरोना भाईरस लागेमा सुरक्षित क्वारेन्टिनको लागी न्युयोर्क सिटिको मेयर कार्यालयले होटलको व्यवस्था गरेको जनाएको छ ।
सिटिले क्वारेन्टाइन बस्न छुट्टै कोठा नभएकाहरुका लागि निश्चित अवधिका लागि बस्न मिल्ने ११ हजार वटा निशुल्क होटेलको व्यवस्था गरेको छ । न्युयोर्कमा क्रियाशील विभिन्न समुदायको सस्थाहरुले गरेको विशेष अनुरोधमा मेयर कार्यालयले यो सुविधा दिएको हो ।
यो सुविधा कागज भएको नभएको सवैको लागी सरकारले प्रदान गरेको छ । त्यस्तै यो सुविधा लिनेहरुको स्वस्थ्य विमामा केही असर नगर्ने जनाएको छ । सरकारले बस्ने होटलको साथै होटेल सम्म आउने र जानेको खर्च समेत तिरिदिने भएको छ । होटलको यो कोरेन्टाइनमा बस्नेहरुको लागी दैनिक खानासंगै स्वास्थ्य परिक्षण समेत गरिदिने भएको छ । यो सेवा कसैले लिन चाहेको खण्डमा बिहान ९ बजे देखि बेलुकी ९ बजे सम्म यो नम्बर 844-892-4892मा कल गर्न सकिने छ ।