गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाद्वारा न्युयोर्कमा खाद्य सामग्री वितरण

२०७७ जेष्ठ १, बिहीबार ०९:०६

न्युयाेर्क । गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्देश्यले निशुल्क खाद्य सामग्री वितरण गरेको छ ।

फाउण्डेसनले न्युयोर्क सहरको क्विन्स बोरो प्रेसिडेन्ट शारोनललीसँग सहकार्य गरेर निशुल्क खाद्यन्न वितरण गरेको हो । खाद्यान्न ज्याक्सनहाइटस्थित फाउण्डेसनको कार्यालय सामुन्नेमा मगलबार दिउसो एक घण्टा वितरण गरिसकेका थिए । उक्त खाद्य सामग्रीहरु नेपाली लगायत ७ समुदायका १सय ५० जनाले पाएका थिए ।

१ सय बक्स खानेकुरालाई लाईन अनुसार फाउण्डेसका अध्यक्ष सोमनाथ घिमिरेले वितरण गरेका थिए खाद्यान्नसंगै ५० वटा -उबर ईट्स) खानाको कुपन पनि संगै वितरण गरेको फाउण्डेसनले जनाएको छ । ४सय २५ मुल्य पर्ने खानाको कुपन जम्मा ४१ हजार २५० डलरको थियो । उक्त कुपन सहयोग एसेमब्ली मेम्बर माईकल डेनडेक्करले उपलब्ध गराएका थिए ।

फाउण्डेशनको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा स्वयंसेवकहरु क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य द्वाय प्रेम पौडेल, सुर्य सीमखडा थिए । फाउण्डेशनले क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र एसेमब्ली मेम्बर माईकल डेनडेक्करलाई धन्यवाद तथा आभार व्यक्त गरेका छन ।

सम्बन्धित समाचार