११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025

नेपालमा कोरोना संक्रमित २७८ पुगे



काठमाडौं । नेपालमा थप दुइ जनामा काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताएको हाे । यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ ।

मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा विकास देवकोटाले महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए । संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०७७, शनिबार  ७ : ४९ बजे