भारतीय मिडियामा कांग्रेस नेता रिजालले दिएको अविव्यक्तिको सवैतिर प्रसंसा

२०७७ जेष्ठ ८, बिहीबार २१:४९

नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले सीमा समस्याका विषयमा भारतीय मिडियामा राखेको अविव्यक्ति सामाजिक सन्जालहरु लगायत राजनितिक दलहरुभित्र चर्चाको विषय बनेको छ । पुर्व मन्त्रि तथा नेता रिजालको त्यो अविव्यक्ति यतिखेर सामाजिक सन्जालहरुमा भाइरल बन्नुको साथै उनलाई सवैतिर प्रसंसा गरिरहेका छन ।

‘ लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो । त्यो इतिहासको तथ्यले पुष्टि गरेको छ ‘ नेता रिजालले भारतीय मिडियालाई भने-‘ देशमा हामी प्रतिपक्षमा भएपनि यो राष्ट्रियताको सवालमा हामी एक हौ’ । भारतीय मिडियाकर्मि अर्नब गोसामीको कार्यक्रम ‘दि डिबेट’ बहसमा नेपालको तर्फबाट अतिथिको रुपमा नेता रिजाललाई बोलाएको थियो ।

कार्यक्रममा अर्नबले पक्षपतिपुर्ण ढंगबाट नेपालको नेता रिजालको जवाफ सुन्न नचाहेको र एकहोरो आफनै कुरा बोल्न थालेपछि डा रिजालले प्रतिक्रिया समेत दिएका थिए । ‘ भारतीय यो मिडियाले यो के सन्देश दिन खोजेका छन् । यो टेलिभिजन अन्तर्वार्ताको तरिका होइन र यस्तो तरिका नेपालमा हुदैन । बोलाएको अतिथिलाई प्रश्न सोधिसकेपछि जवाफ सुन्न सक्ने धैर्यता पत्रकारलाई हुनुपर्छ ‘ । उक्त मिडियाकर्मिले डा रिजालको कुरा सुन्न नचाहेर आफनै मनगडान्ते कुराहरु एकोहोरो राखीरहदा हेर्ने दर्शकहरु पनि खल्लो मानिरहेको थियो ।

कुराकानीेको क्रममा अर्नवले चीन कसैको साथी हुनसक्दैन । अहिले चीन एक्लो भएको र नेपालले चीनको समर्थन गरेको भन्ने व्यग्यत्माक अभिव्यक्तिपछि नेता रिजालले भने, ‘ हामीले कोसग कस्तो सम्बन्ध बनाउने भन्ने कुरा निर्णय गर्ने अधिकार हाम्रो हो । हामी एक सार्वभौमसत्ता सम्पन्न मुलुका नागरिक हौं । हामी भारत र चीन दुबैसंग बराबरीको हैसियतमा राम्रो सम्बन्ध विकास गर्न चाहन्छौं । ‘ नेता रिजालले भारतीय मिडियाकर्मिलाई दिएको यो जवाफले सवैतिर प्रसंसा हुन थालेका छन ।

सम्बन्धित समाचार