अमेरिकाबाट नेपाल जान चाहनेलाई फाराम भर्न दुताबासको आग्रह

२०७७ जेष्ठ १६, शुक्रबार २२:५९

 

कोरोना भाइरसका कारण अमेरिकाबाट नेपाल र्फकन चाहनेहरुलाई आफनो विवरण भरेर अमेरिकास्थित नेपाली दुतावासमा पठाउन दुताबासले आव्हान गरेको छ । नेपाली दुतावास वासिङटनडिसीले विभिन्न कारणले अमेरिका आएका तर नेपाल फर्किन नसकेकाहरु र नेपाल र्फकन बाध्यतामा रहेका नेपालीहरुले दुतावासको वेबसाइटमा रहेको दर्ता प्रणालीमा आफनो विवरण भर्न सुचना मार्फत आग्रह गरिएको छ ।

विवरण भर्नेहरुले नेपाल जानु पर्ने कारणसंगै नेपालमा पुगेपछि सरकारले तोकेको होटल वा स्थानीय तहले व्यवस्था गरेको स्थानमा आफनै खर्चमा क्वारेन्टाइनमा बस्ने खुलाउनु पर्ने दुताबासको सुचनामा उल्लेख गरेको छ । त्यस्तै भारत बाहेक अन्य मुलुकबाट नेपाल जान चाहनेहरुले हवाई टिकट आफैले बेहोर्नुपर्ने र कोरोना नभएको प्रमाण समेत पेश गर्नु पर्ने छ ।  अमेरिकाबाट नेपाल र्फकने चाहनेहरु करिब ७ सय भन्द बढिले यस अघिनै नेपाली दुताबासमा निवेदन समेत दिइसकेका छन । कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थतीमा नेपाल आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने अध्यादेश २०७७ अन्तर्गत सो विवरण मागिएको दुतावासको सूचनामा जनाइएको छ ।

फारम भर्नका लागी यो लिंकमा गएर फाराम भर्न सकिन्छ ।

Register Yourself

सम्बन्धित समाचार