न्युयोर्कमा सिमित व्यक्तिहरुको उपस्थितिमा मनाइयो माउन्ट एभरेष्ट डे

२०७७ जेष्ठ १७, शनिबार ०८:५६

सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला राखेको ऐतिहासिक दिनलाई विश्वभरि सगरमाथा दिवस – माउन्ट एभरेष्ट ) डे को रुपमा मनाउदै आएको छ । आरोहीद्धाय स्व तेन्जिङ नोर्गे शेर्पा र स्व एडमण्ड हिलारीले सन १९५३ सालको मे २९ तारिख सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको खुसीयाली र आरोहण क्रममा जीवन गुमाउनेहरुको सम्झनामा बर्षनी सगरमाथा दिवस मनाउदै आएको छ । हरेक वर्ष विशेष कार्यक्रमको मनाउदै आएको माउन्ट एभरेष्ट डे यो बर्ष विश्वभरि फैलिरहेको कोभिड नाइन्टीन कोरोना भाइरसको कारणले मनाउन पाएन ।

कोरोनाले निम्ताएको लकडाउनले न्युयोर्कमा विगत वर्षहरुको जस्तो भव्यताका साथ मनाउन नपाएपनि यस पटक थोरै सहाभागीहरुको वीच पुजापाठ र दिपप्रज्वलन गरि माउन्ट एभरेष्ट डे मनाएको थियो । कार्यक्रम युएस नेपाल क्लाइबर्स एसोसियसन र शेर्पा किदुगले संयुक्त रुपमा आयोजना गरेका थिए । धर्मगुरुहरुद्धारा गरिएको पुजापाठमा सहाभागीहरु ६ फिटको दुरिमा बसेर एभरेष्ट डे मनाएको थियो ।

‘ कार्यक्रमलाई निरन्तरता दिनका लागी यो विषम परिस्थितिमा थोरै सहाभागीतामा माउन्ट एभरेष्ट डे मनायौ’ एसोसियसनका अध्यक्ष पासाङ निमा शेर्पाले बताए । ‘ विगतदेखिन मनाउदै आएको यो कार्यक्रम यस पटक कोभिढको कारण परम्परागत ढंगबाट गर्न नसकेपनि सिमित व्यक्तिहरुको उपस्थितिमा निरन्तरता दिनका लागी गरिएको हो ‘ शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पाले भने-‘ हालसालै यो महामारिमा र हिमाल आरोहणमा जीवन गुमाउनेहरुको आत्मा चिर शान्तीको कामनाको लागी दिपप्रज्वल र पुजा गरिएको हो ‘ । उनका अनुसार कार्यक्रममा क्लाइवर्स एसोसियसनबाट ५ जना र शेर्पा किदुगबाट ५ जना गरि १० जनाको उपस्थितिमा कार्यक्रम गरेका थिए ।

सम्बन्धित समाचार