६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

जनजाती महासंघ अमेरिकाबाट चौरजहारी हत्याकाण्डको ध्यानाकर्षण 


Ang

२१ जेष्ठ २०७७, बुधबार  

0
Shares

नेपाल आदिवासी जनजाति महासंघ अमेरीकाले विज्ञाप्ती मार्फत नेपालको रूकुम चौरजहारीमा नवराज विक सहित ६ जनाको सामुहिक हत्याकाण्डको ध्यानाकर्षणसंगै घोर भत्र्सना गरेको जनाएको छ । महासंघको अध्यक्ष लोक चेम्जोङद्धारा जारी प्रेश विज्ञाप्तीमा चौरजहारीमा घटना घटेको लामो समय वितिसक्दा पनि घटनाका दोषीहरूमाथी कानुनी सजाय र पिडितमाथी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारले ढिलाई गरेकोमा गम्भिर ध्यानाकर्षण गरेको जनाएको छ ।

यो घटनाको सत्यतथ्य छानविन गरी दोषीमाथी कडा भन्दा कडा कानुनी सजायको माग गर्दै , यसमा संलग्न विभिन्न अधिकार कर्मीहरू, पत्रकारहरू , सामाजिक अभियन्ताहरू प्रति महासंघ हार्दिक सम्मान एवं ऐक्यवद्दता व्यक्त गरेको जनाएको छ । यो घटना संगै उब्जीएका नेपालको छुवाछुतप्रथा , जातिय चिन्तन सामाजिक रूपमा र व्यक्तीगतरूपमा विद्यमान रहेको यर्थाताप्रति नेपाल सरकार प्रति गम्भिर ध्यानाकर्षण गरेको जनाएको छ ।

महासंघद्धारा प्रेशित विज्ञाप्ती

 

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १२ : ४४ बजे