१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

न्युयोर्कमा लगातार कफर्यु


Ang

२१ जेष्ठ २०७७, बुधबार  

0
Shares

मिनापोलिसको जोर्ज फलोइड हत्याको घटनाापछि अमेरिकाको विभिन्न राज्यहरुमा चक्रीदै गएको विरोधले गम्भिर रुप लिन थालेको छ । विरोधको क्रममा विभिन्न राज्यहरुमा तोडफोड र लुटपाट मच्चिन थालेपछि सम्बन्धीत राज्यले सोमबार साझदेखि कफर्यु आदेश जारी गरेको छ । न्युयोर्कको बु्रकलिन र ब्रान्स लगायतका स्थानहरुमा भएको आन्दोलनकारीहरुले गरेको तोडफोड र लुटपात घटनाले गम्भिर रुप लिन थालेपछि न्युयोर्कमा कपर्यु आदेश जारी गरेको छ । न्युयोर्क राज्यको गर्भनर कुमोले न्युयोर्कमा भएको घटनामा न्युयोर्क प्रहरी ( एनवाइपिडि ) र न्युयोर्क सिटिको मेयर ब्लाजिओले राम्रो काम नगरेको आरोप लगाएको छ ।

न्युयोर्कको मेयर विल दि ब्लाजिओका अनुसार सोमबार बेलुकीदेखि लागेको कफर्यु आगामी जुनको ७ तारिख आइतबार बेलुकीसम्म लाग्ने जनाएको छ । जुन १ तारिख सोमबार वेलुकी रातको ११ बजे लागेको कफर्यु मगलबार तीन घण्टा अगाडी बेलुकी ८ बजेदेखिनै विहान ५ बजे लाग्ने भएको छ । न्युयोर्कमा लामो समयपछि कफर्यु लागेको हो । शान्तिपुर्ण तरिकाले शुरु भएको विरोधले गम्भिर रुप लिएपछि अहिलेसम्म करिब ६ जनाको मृत्यु भएको छ भने ३३ जना प्रहरीहरु घाइते भएका छन त्यस्तै ४७ वटा प्रहरी भ्यान क्षति भएको सिटिले जनाएको छ । त्यस्तै ७ जना भन्द बढि आन्दोलनकारीहरु पक्राउ परिसकेका छन ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १ : २० बजे