न्युयोर्कमा ७५ वर्षे बृद्धमाथि दुर्व्यवहार, प्रहरीलाई निलम्बन

२०७७ जेष्ठ २३, शुक्रबार २३:१४

न्यूयोर्क संयुक्तराज्य अमेरिकामा एक अश्वेत नागरिक जर्ज फ्लोयडको मृत्युको विषयलाई लिएर देशव्यापी आन्दोलन चलिरहँदान्यूयोर्क प्रहरीले बिहीबारको प्रदर्शनमा सहभागी एक वृद्धमाथि गरेको दुर्ब्यबहारलाई लिएर प्रहरीको सर्वत्र आलोचना हुन थालेको

डब्लुएफबीओले सार्वजनिक गरेको फुटेजमा न्यूयोर्कको बुफेलो प्रहरीका अधिकृतले ७५ वर्षीय एक वृद्ध व्यक्तिलाई नियागारास्क्वाएरमा छातीमा धकेलेर भुइँमा लडाएको देखिएको ती वृद्ध व्यक्ति सडकमा उत्तानो पर्छन्, टाउको भुइँमा बजारिन्छ कान तथाटाउकाको पछाडिबाट रगत बगेको फुटेको देखिएको

तर नियागारा स्क्वाएरमा भेला भएका प्रदर्शनकारीलाई पन्छाउनेक्रममा सहभागी प्रहरीको समूह उनलाई बेवास्ता गर्दै अगाडि बढेकोदेखिन्छ यो भिडियो सार्वजनिक भएसँगै प्रहरीको व्यवहारलाई लिएर चौतर्फी आलोचना हुन थालेको बुफेलो प्रहरीले भने एकव्यक्ति ठेस लागेर भुइँमा लडेको भनाई सार्वजनिक गरेको

प्रहरीले उक्त घटनाको छानबिन थालिसकेको जनाएको प्रहरी आयुक्तले उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरिएकोबताएका छन्

पश्चिम न्यूयोर्कका मेयरले वृद्ध व्यक्तिमाथि भएको व्यवहारबाट आफू अत्यन्त दुःखित भएको प्रतिक्रिया दिएका छन् न्यूयोर्कको एकअस्पतालमा उपचार गराइरहेका ती वृद्ध व्यक्तिको स्वास्थ्य अवस्थास्थिररहेको बताइएको

न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले वृद्ध व्यक्तिमाथि दुर्ब्यवहार गर्ने प्रहरी अधिकारीको निलम्बनलाई स्वीकृत गरेका छन्

सम्बन्धित समाचार