६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

नयाँ नक्शासहितको संविधान संशोधनमा सर्वसम्मत



काठमाडौँ प्रतिनिधिसभामा पेश गरिएको नयाॅ नक्शा सम्बन्धीनेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७विधेयकसर्बसम्मति जुटेको   बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस्भन्ने प्रस्ताव पेश गरेपछि भएको सैद्धान्तिक (सामान्य) छलफलमा यस्तो समर्थन देखिएको हो सो विधेयकमा कुनै संशोधन भएमा ७२घण्टाभित्र पेश गर्न सांसदलाई समय दिइनेछ

सरकारले यही जेठ गते नेपालका कालापानी, लिपुलेक लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा निशान छापलाई संविधानको अङ्ग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो नेपालको संविधानकोअनुसूची मा रहेको नेपालको निशान छापभित्र अङ्कित नेपालको नक्शालाई नेपालको वास्तविक सीमानुरुप मिलाउन आवश्यकभएकाले संविधान संशोधन गर्न लागिएको हो

संविधानको धारा को उपधारा () सँग सम्बन्धित निशान छाप आवश्यकतानुसार ठूलो वा सानो आकारको बनाउन सकिने तथा त्यसमानेपाल सरकारबाट निर्धारित रङ प्रयोग हुने उल्लेख

भारतले गत कात्तिकमा नेपालका लिम्पियाधुरा, लिपुलेक तथा कालापानी समेटेर नयाँ राजनीतिक नक्शा सार्वजनिक गरेको गतवैशाख २६ गते पिथौरागढबाट मानसरोवर जोड्ने सडक उद्घाटन गरेपछि नेपाल सरकारले कुटनीतिक रुपमा बिरेध गर्दै लिम्पयाधुरा, लिपुलेक कालापानी समेटेर नयाॅ नक्शा जारी गरेको थियो यसमा झण्डै ४०० वर्गकिलोमिटर भूभागसहित दार्चुलाका कुटी, नाभी  गुञ्जी गाउँ पर्छ

भारतले सन् १९६२ मा चीनसॅगको युद्धपछि कालापानी क्षेत्रमा आफ्नो सुरक्ष फौज राखेको

प्रतिनिधिसभामा मंगलबार भएको छलफलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कृष्णभक्त पोखरेललगायतका सांसदहरुलेसरकारले संशोधन प्रस्ताव ल्याएकामा स्वागत गर्दै सार्वभौम नेपाल इतिहासमा कसैसँग अधीनस्थ नभएका सन्दर्भमा नेपाली भूमिमाथिभारतीय पक्षको हस्तक्षेप स्वीकार्य नहुने बताएका थिए

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको सार्वभौमिकता, अखण्डता स्वाधीनताको रक्षाका लागिआफ्नो पार्टी सदैव कटिबद्ध रहेको उल्लेख गर्दै सरकारले ल्याएको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पार्टीले संस्थागतरुपमानिर्णय गरेको जानकारी दिएका थिए 

सोही दलका गगन थापाले नेपालले वार्ताका लागि गरेको अनुरोधलाई भारत सरकारले बेवास्ता गरेको जनाउँदै नक्शा पारितसँगै सबैमिलेर मिचिएको नेपाली भूमिबाट विदेशी सेना हटाउने साहस पनि गर्न आग्रह गरे

समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठले लिम्पियाधुराको शिरानबाट बगेर आएको नदी नै कालीनदी भएको त्यसपूर्वको भूभाग नेपालकोरहेको ऐतिहासिक तथ्य रहेको उल्लेख गर्दै सरकारको विधेयकमा समर्थन हुने तर आन्तरिक राष्ट्रिय एकतालाई पनि बलियो बनाउनआफूहरुले उठाएका संविधान संशोधनका अन्य विषयलाई पनि समावेश गर्न माग गरे

राष्ट्रिय जनता पार्टीका लक्ष्मणलाल कर्णले आफू मात्रै राष्ट्रवादी हुँ अरु होइन भन्ने भावना विकास नगर्न आग्रह गर्दै सरकारलाईकूटनीतिक प्रयासबाट सीमा विवाद टुङ्गो लगाउन सुझाव दिए

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले नयाँ नक्शा ल्याउनु सरकारको उपलब्धिपूर्ण गर्व गर्नलायक कार्य भएको जनाउँदै सबै दललाई एकभएर प्रस्ताव पारित गर्न आग्रह गरिन्। नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले लिम्पियाधुराको उद्मगस्थलमा नेपाल, भारत चीनकोत्रिदेशीय सीमा निर्धारण हुनुपर्ने बताए यही जेठ गते सङ्घीय संसद् सचिवालयमा दर्ता भएको सो विधेयक  जेठ १९ गते सदनमा पेशभएको थियो संसद्मा विभिन्न दलका सांसदले संविधानका अन्य बुँदामा पनि संशोधनका लागि गैरसरकारी विधेयक पेश गरेका छन्

प्रकाशित मिति : २७ जेष्ठ २०७७, मंगलबार  १० : ३८ बजे