संस्कृत आधुनिक बोझ

२०७७ जेष्ठ ३१, शनिबार १८:०३

  • अग्नी साम्पाङ्ग

लगभग पाँच वर्षको थिए । त्यतिखेर म बाउको पछिपछि लागेर स्कुल पुगें । बार्दलीमाथीको कार्यालयमा बाउ र त्यहाका कर्मचारीहरु पर्वते भाषामा कुन्नी के के कुरा गरे । साम्पाङ्ग राई भाषामा बाऊले आज म स्कुल भर्ना भएको कुरा सुनाउदै आजदेखी कक्षामा बस्नु पर्ने सुनाए । एकजना पर्वते भाषी शिक्षक, बाऊ र म तलतिर धुलैधुले कक्षा भित्र गयौ । अपाङ्गै अपाङ्ग डेस्कबेञ्च भएको कोठामा चिम्टेमाटे धुलोको गन्ध मात्रै याद छ ।  पाच, छ जना साम्पाङ्ग भाषी र पर्वते भाषी केटाकेटी भएको त्यो कोठा, शिक्षक आएर बोल्न थालेपछि मेरो लागि अर्कै उपग्रहमा भएको भान हुन्थ्यो । एउटा पनि पर्वते भाषा नबुज्नुको अनौठोपन मज्जाले व्यहोरे ।

बल्लबल्ल भाषा सिक्दै दुई कक्षा छिचोले । तीन कक्षा पुगेपछि शुरु भो ए बि सी डी । सिकाईको नाटक चल्दा चल्दै तीन कक्षा पनि पास भएछु । चार कक्षा पुग्ने बित्तिकै चौथो भाषा कालै मडारिंदै आयो ‘सास्कृत’ । हो, त्यही सांस्कृत पढ्न नसक्दा त मेरो नौ बर्षे कान्छिरी मदन भण्डारी नाम गरेका गुरुले धानको बीऊ उखाले जस्तै ऊखालेका । त्यो बेला डरले दुःखाई लुकाए । पर्वते भाषा राम्रोसाग बोल्न नजान्ने मेरो बाऊआमालाई यो बारे भनेको भए कि बेस्सरी रुन्थे होलान् कि कोदालोको बीड लिएर सास्कृतधारी मास्टर खोज्न हिड्थे होला । त्यो उल्का हुन पाएन ।

अहिलेको कथा,

नेपाल सरकारले संस्कृत भाषालाई कक्षा एकदेखी लागू गर्ने निर्णय गरेकोे छ । १२९ भन्दा धेरै मातृ भाषा बोलिने देशमा एक मृत भाषा ब्युताउन चेष्टा गरिंदैछ । भौतिक विज्ञान र प्रविधीले भविष्यको इतिहास खोजिरहेको बेला, नेपालको शिक्षा ‘सुनबाख्री’ को कथा देखिन्छ । यो निर्णय कसैप्रति पनि फलदायी छैनन जनता, न समाज, न देश, न युग । नेपालमा चार भाषिक परिवार भाषाहरु बोलिन्छ । इण्डो-आर्यन भाषा परिवारको सास्कृत नेपाली इतिहासमा कहिल्यै मुख्य भाषा थिएन । भनौं, नेपालमा सास्कृत कसैको मातृभाषा थिएन र होइन । यो भाषामा हिन्दु धर्मको ग्रन्थहरु मात्र हुन् । त्यो पनि हिन्दु धर्मको जातीय प्रथाले भाषा र धर्म त्यहीबेला नै संकटमा फसेका थियो । ती ग्रन्थहरु इण्डो-युरोपियन परिवारका भाषाहरुका लागि मुहान हुन् । त्यो परिवारको सास्कृत भाषा आदिम् र ज्ञानपुञ्ज भएको भाषा हो । धार्मिकरुपमा पवित्र हुन् । हिन्दूहरुको लागि त महत्वपूण नै हो । तर अन्य भाषा परिवारको लागि होइन ।

हो, धर्मशास्त्रहरुमा ऋग्बेद सबैभन्दा पुरानो मानिंदै आएको छ । दर्जनौं भाषाहरु सास्कृत नजिक छन् । यसैको आधारमा केही भाषाकर्मीहरु संस्कृतलाई मानव इतिहासको पहिलो भाषा भनेर भ्रम छर्ने गर्छन् । तर त्यस्तो होइन । अहिले विश्वमा सास्कृत एक प्राचीन भाषा तर मृत दर्ता भइसकेको छ । ल्याटिन, रोमन र गि्रकहरु जस्तै सास्कृत पनि बोलिदैन । एक प्राचिन तर मृत भाषा अब इतिहास हो, भाविष्य होइन । अब सास्कृत सम्बन्धी पढाउादा यसको गरिमा बढ्छ । सास्कृत भाषा क्षेत्र, जाति वा समुदायभन्दा धर्मसाग सम्बन्धित बनाइए पछि खुम्चिादै गएको हो । सास्कृतलाई पढ्दा खुम्चिन्छ  । नत्र, बर्षौंदेखी जनताको पैसा खन्याएको महेन्द्र सास्कृत विश्वविद्यालयको हालत हेरौं । कति नेपालीलाई त यो पनि थाहा छैन, सास्कृत विश्वविद्यालय नेपालमा छ र हाम्रो पैसा त्यहा पनि खर्च हुन्छ भनेर ।

जुनसुकै भाषालाई अनिवार्य गराउनु अघि जनता वा देशलाई कति र कस्तो लाभ या असर पुग्छ भन्ने बृहत् छलफल हुनु पर्छ । यसो नगरी निर्णय हुनु सरकारी अपराध हो । अहिले यसो भएन किनकी पाठ्यक्रम तयार भएर मात्र कुरा चुहिएको हो । जुन लोकतान्त्रिक राज्यको अलोकतान्त्रिक कार्यले सरकारको नियत र क्षमता प्रष्ट पारेको छ । यसले देशमा रहेको अन्य समुदाय तथा भाषाभाषीको पहिचान बलपुर्वक मेट्ने कोशिस त गरेकै छ, साथै सम्पूर्ण बालबालिकामाथी अत्याचार गर्दैछ । किनकी, कुन समुदायको बालबालिका अथवा अभिभावक सास्कृत भाषामा कुराकानी गर्छ ?

राजनीतिक शिकार,

यो भाषिक राजनीति हो । भाषिक राजनीति गरेर कंकालमा रक्तनली जोड्न खोज्नु उद्धेक लाग्दो कुरा हो । यस खालको नियतपूर्ण निर्णयले देशमा योग्य मानवशक्ति र वैज्ञानिक शिक्षाको साटो अन्योलग्रस्त मानवशक्ति उत्पादन र शंकाराचार्य शिक्षा लागू गर्न सरकार उद्धत रहेको स्पष्ट हुन्छ । एघारौं शताब्दीमा हिन्दुस्तानदेखी नेपाल छिरेका शंकाराचार्यले सास्कृत भाषा र हिन्दु धर्म लागू गर्न अनेकौं अपराध गरेको इतिहास छ । यो अघि नेपालमा सास्कृत भाषाको प्रयोग कमै हुन्थ्यो अर्थात् केही हिन्दु मन्दिरहरुमा मात्र हुन्थ्यो । एक्काइसौं शताब्दीमा नेपाल सरकारले एघारौं शताब्दीको शैक्षिक अस्थिपञ्जर बटुल्दै समाजलाई पीडा र उल्टो हिडाउान खोजिदैंछ ।

सजीव होस् वा निर्जीव सबैको आयु हुन्छ । भाषा पनि आयुदार नै हो । तर मृत शरिर सबैको कााधमा हाल्नु अपराध हो । बरु त्यो भाषा लोप हुादै गर्दा भाषाहरुले केही शब्दहरु अन्य भाषालाई दिएर जान्छ । त्यसै मार्फत सम्पदाको रुपमा इतिहास पढाइनु बैज्ञानिक सोंच हुन्छ । अहिले बोलिने ‘नेपाली’ भाषा पर्वते अर्थात् खस भाषा त्यही सास्कृतको केही अंग लिएर सपाङ्ग छ । तर अब नेपाली समाजमा सास्कृत सवल बन्दैन । आधाबेस्रो भाषा बनाउने काममा लाग्नु बेवकुफी हो ।
नेपालको हरेक बालबालिका स्कुल भर्ना हुने बित्तिकै दोभाषे हुन् । मातृभाषा बोल्ने बालबालिका त त्रैभाषे नै हुन् । किनकी खस मातृभाषेले स्कुलमा अंग्रेजी सिक्नै पर्ने हुन्छ । अन्य मातृभाषेले खस र अंग्रेजी सिक्नै पर्ने बाध्यता छ । बालबालिकाको इन्टेलिजेन्टस् दिमागलाई कग्निटिभ दिमागमा अल्मलाउनु, समाज झन् तल खस्नु हो । आधुनिक प्रविधीको साटो बालबालिकालाई एकल शास्त्रीय भाषाको चप्लेटीमा पिस्नु आˆनै खुट्टामा बञ्चरो हान्नु हो ।

हाम्रा कुरा

नेपालका राष्ट्रिय भाषाहरु फक्रिन नपाउदै लोप हुने अवस्थामा छ । केही भाषाहरु स्थानीयको बलबुतोमा सिमित क्षेत्रभित्र घसि्रईरहेको छ । कति भाषाहरु मासिसकेको छ । दुई बर्ष अघि राजामामाको मृत्युससागै कुसुण्डा भाषा सकिएको छ । अन्य भाषाहरु तााती लागेका छन् । सरकार यी भाषाहरुलाई संरक्षण गर्नुभन्दा मृतलाई जगाउानु कस्सिएको छ । विश्वविद्यालयको श्मशान नै पर्खेर बसेको छ । यसले सरकार र बुद्धिजिवि भनाउादा पाठ्यक्रम तयार पार्नेहरुको नियत कस्तो भन्ने प्रष्ट्याउाछ ।
स्थानीय भाषालाई तिनै मातृभाषी बालबालिकालाई सिकाईको माध्यम भाषा गर्नुपर्ने बेला अर्को आयातित र मृत भाषा शिक्षाको कालो पाटो हो । बालबालिकामाथी भाषिक बोझ होइन, आधुनिक प्रविधिको ज्ञान आवश्यक छ । प्राचिन सभ्यतामा गर्व गर्ने हो, भर पर्ने होइन । जे छ त्यसको संरक्षण र संवर्धन गर्ने हो । सामाजिकरुपमा विश्व खुम्चिएकसागै मानव सभ्यताको अर्थ फेरिएको छ । युग र समयसागै अद्यावधिक हुनु जरुरी छ ।