कोरोना भाइरसको कारण अमेरिकाबाट अड्किएर तत्काल नेपाल फर्कने तयारीमा रहेका नेपालीहरुको लागि नेपाली दुताबासले उडान तालिकासहित तयारीको लागी सुचना जारी गरेको छ ।
दुतबासको नेपाल फर्कनका लागि अनलाइन फारम भरेकाहरुको प्रथामिकताको आधारमा उडान कम्पनीलाई नाम दिएको उल्लेख गर्दै सम्बन्धित व्यक्तिहरुले टिकटको लागि सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
नेपाल जाने यात्रुहरुको लागि टर्किस एयरवेज र कतार एयरवेज गरी दुई विमान कम्पनीबाट जुन महिनाको २३ तारिख र २५ तारिखमा विभिन्न फरक फरक राज्यबाट उडान हुने भएको छ । टर्किसले न्युयोर्कबाट २३ तारिख, कतारले वासिङटन डीसीबाट २३ तारिखमा, त्यस्तै टर्किसले सिकागोबाट २५ तारिखमा र कतारले टेक्सासको डाल्लासबाट २५ तारिखमा नेपालीहरुलाई स्वदेश फिर्ता गर्ने उडान गर्ने भएको छ ।
टर्किस एयरवेजबाट जानेहरुका लागि १५३७ डलर र कतार एयरवेजबाट जानेहरुका लागि १६०० सय डलर टिकटको शुल्क निर्धारण गरिएको पनि दुताबासले जनाएको छ । तत्काल नेपाल जान बाध्य भएकाहरुले नेपाल फर्कँदा नेपाली राहदानी वा नेपाल सरकारले जारी गरेको ट्राभल डकुमेन्ट पेश गर्नुपर्ने छ । त्यस्तै यात्रुहरुले स्वास्थ्यकर्मीबाट पिसिआर वा आरडिटि परीक्षणमा कोभिड १९ नेगेटिभ भएको प्रमाणित गरेको प्रमाण पिन पेश गर्नु पर्ने दुतावासले उल्लेख गरेको छ । त्यस्तै यात्रुहरुले नेपाल पुगेपछि नेपाल सरकारले तोके अनुसारको क्वारेन्टाइनमा बस्नु पर्नेछ ।
नेपाली दुताबासद्वारा जारी सूचना