२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

चिनियाँ सैनिकले ढुंगामुढा गर्दा एक कर्णेलसहित तीन भारतीय सैनिकको मृत्यु



काठमाडौं । चिनियाँ सैनिकद्वारा ढुंगामुढा गर्दा एक सैनिक अधिकारीसहित तीन भारतीय सैनिकको मृत्यु भएको छ । भारत र चीनबीचको विवादस्पद सिमा क्षेत्र रहेको लद्दाखमा दुई देशका सैनिकबीच सोमबार राती झडप भएको हो ।

दुई देशका सैनिकबीच ढुंगा हानाहान भएपनि फायरिङ भने नभएको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

चिनियाँ सैनिकले गरेको प्रहारबाट भारतीय सेनाका एक कर्णेल र दुई जना जवान मारिएका छन् तर भारतीय सञ्चार माध्यमले चिनियाँ पक्षको पनि हातहाति भएको हुन सक्ने अनुमान लगाएपनि पुष्टी भएको छैन ।

लद्दाखको गलवान उपत्यकमा दुई देशका सेनाबीच भएको झडपमा भारतीय सेनाका एक कर्णेलसहित तीन जना मारिएका हुन् ।

भारतीय सैनिक मुख्यालयका अनुसार सोमबार राति चिनियाँ सेनासँग लामो समय झडप भएको थियो । अहिले दुवै देशका सैनिक अधिकारीहरु घट्नास्थल पुगेको बताइएको छ ।

लद्दाखको पाङगोङ सो, गल्वान, डेमचोक र दौलत बेगमा ५ हप्तादेखि दुई देशका सैनिकहरु आमने सामने भएका छन् । दुवै देशका सेनाले हातहतियार तथा थप फौज तैनाथ गरेको समाचार आइरहेको छ ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ३ : ०९ बजे