न्युयोर्कमा स्व गुरुङको श्रद्धाञ्जली

२०७७ असार ५, शुक्रबार २१:३७

न्युयोर्कमा निधन भएको स्व जोग बहादुर गुरुङको तमु सोसाइटी ईन्क अमेरिकाको पहलमा अन्तेष्टि एवं श्रद्धाञ्जली कार्यक्रम गरियो । स्व गुरुङको अन्तेष्टि मेरील्यान्ड राज्यको विधान सभा सदस्य हृयारी भन्डारीको सहयोगमा गत बुधाबार वौद धार्मिक परम्परा अनुरुप पुजापाठ गरी अन्तेष्टि गरिएको सोसाइटीले जनाएको छ । उनको अन्तेष्टिसंगै सोसाइटीले न्युयोर्कको ज्याक्सनहाइटस्थित ग्याल्सुम्दा सेवा समाजको कार्यालयमा श्रद्धान्जली कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा बौद्धधर्म गुरु आचार्य ङवाङ सांगेले मृतकको नाममा धार्मिक पुजापाठसंगै प्रवचन समेत दिएका थिए । प्रवचनको क्रममा आचार्य ङवाङ सांगेले बुद्ध धर्म केवल धर्म मात्र नभई एक बैज्ञानिक तरिकाबाट जीवन सदमार्गबाट जिउने तरिका रहेको बताएका थिए । कार्यक्रममा स्व गुरुडको रुममेट महेश थापा, सगै काम गर्ने मेनेजर विक्रम खत्री, आदीवासी जनजाती महासंघ फिप्ना अमेरिकाको अध्यक्ष लोक चेम्जोङ, जन सम्पर्क समिती, अमेरिका अध्यक्ष आनन्द विस्ट, एनआरएन न्युयोर्क च्याप्टरको अध्यक्ष रामहरि अधिकारी, युनाईटेड किरात राई अर्गनाइजेसन न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई , सिन्धु युएसका अध्यक्ष क्षिरिङ तेन्जी शेर्पा, ग्याासुम्दा सेवा समाजको अध्यक्ष निमा लामा लगायत उपस्थित भएर ऋदान्जली दिएका थिए ।

कार्यक्रममा सोसाइटीको अध्यक्ष विजय गुरुङले कठिन परिस्थितिमा उपस्थित भएर ऋदान्जली दिनु हुने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमको सन्चालन तथा समन्वय प्रवासी नेपाली एकता मन्च अमेरिकाको अध्यक्ष टेक गुरुङले गरेका थिए ।

सम्बन्धित समाचार