काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ भने संक्रमितको संख्या १० हजार नाघेको छ ।
बिहीबार थप दुई जनाको मृत्य भएको छ ।
पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा एक र ललितपुरस्थित पाटन अस्पतालमा एक गरी दुई जनाकोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमितपत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
पाटन अस्पतालमा चितवन स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मीस्थान–५ मा बसोबास गर्ने पुरुषको निधन भएको हो । उनको पाँचमहिना अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण गरिएका उनको स्वास्थ्यमा समस्या आएपछि शुरुमा भक्तपुरस्थित मानवअङ्ग प्रत्यारोपण केन्द्रमा लगिएको थियो । त्यसपछि उनलाई भेन्टिलेटरको स्पोर्ट चाहिने भएपछि नर्भिक अस्पताल ल्याएको थियो ।नर्भिक अस्पतालले आइसोलेशनमा राखी कोरोना जाँच गर्दा पोजेटिभ देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको थियो । उपचारकाक्रममा उनको आज बिहान ५ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रवक्ता प्रवक्ता डा गौतमले बताए ।
यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सघन उपचार कक्ष (आईसीयु) मा भर्ना हुनुभएका स्याङजा जिल्ला आँधीखोला–१ का पुरुषकोमृत्यु भएको मन्त्रालयले जनाएको छ । उपचारका क्रममा गएराति ११.३५ बजे उनको मृत्यु भएको थियो । मधुमेह र श्वास फेर्न समस्याभएपछि उनलाई यही असार ८ गते अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६पुगेको छ ।
थप ४३४ कोरोना सङ्क्रमण पुष्टि
नेपालमा थप ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्नप्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३८६ पुरुष र ४८ महिला गरी कूल ४३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए। यो सँगै सङ्क्रमितको सङ्ख्या ११ हजार १६२ पुगेको छ । तीमध्ये एक हजार १४२ महिला र १० हजार २० पुरुष छन् ।
एकैदिन ३१२ जना डिस्चार्ज
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ३१२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । तीमध्ये १९ महिला र२७३ पुरुष छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या दुई हजार ६५० पुगेको छ ।
पछिल्लो २४ घन्टामा पीसीआर विधिबाट छ हजार ५४३ जनाको परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट पछिल्लो २४ घन्टामा चारहजार १३७ जनाको परीक्षण भएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार ७४ हजार २२ जना क्वारेन्टिनमा र आठहजार ४८६ जना आइसोलेशनमा रहेका छन् ।